Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंजमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड आयोजना हुने

spot_img
spot_img

वीरगंज । पिसि मिडिया प्रा.लि.द्वारा सञ्चालित तथा वीरगञ्जबाट प्रसारित रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो । गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले रेडियो सान्भीले सान्भी म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एंव रेडियो सान्भीका समाचार प्रमुख दिपक गौतमले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कलाकार अजमत अलिले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताउँदै निरन्तरताको आग्रह समेत गर्नु भयो ।

त्यस्तैगरी स्थानीय क्षेत्रमा प्रसिद्ध कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राख्नु भएको थियो ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकारसंघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीका बिच गरेको सम्झौता आदानप्रदान गरिएको थियो । रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नु भएको थियाे ।

स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र यहाँको कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने हामीले निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताउनुभयो ।

गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका यहाँकै स्थानीय कलाकारहरुको प्रोत्साहन स्वरुप आयोजना गर्न लागिएको म्युजिक अवार्डले कला प्रतिभाको सम्मान हुने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गर्नुभएको थियो भने रेडियोसान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ लाई सफल पार्नका लागि सबैलाई आ आफ्नाे क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजीरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...