Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जसपा अगामी निर्वाचनमा देश कै ठूलाे पार्टी हुन्छ : सांसद यादव

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ मा जनता समाजवादी पार्टी (जसपा) काे पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

जसपा वडा ईकाइ कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दिलीप प्रधानको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एमालेका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी समाजिक अगुवा एवं कार्यकर्ताहरुलाई संघीय सांसद प्रदीप यादवले गमछा र अबिरकाे टिका लगाएर पार्टी स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पर्साको निर्वाचन क्षेत्र नं-१ लगायत पर्सा जिल्लामा जसपा प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अगामी निर्वाचनमा जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत सांसद यादवले दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिकाे शुभकामना समेत व्यक्त गरेका थिए ।

जसपा वडा न. ११ का ईकाइ अध्यक्ष प्रशन महतोकाे अध्यक्षतामा भएकाे पार्टी प्रबेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, पर्सागढी नगरपालिका वडा न .५ का अध्यक्ष अस्लम आलम, पर्सा निर्वाचन क्षेत्र नं-१ का संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा संघ पर्साका अध्यक्ष गौरव वर्मा, समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाज़ बाबु रांकी लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...