Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हिन्दु समसानघाट निर्माणमा रोक, ग्यासुदिनद्वारा मुद्दा दर्ता

spot_img
spot_img

रोशन गुप्ता /
जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा पर्ने समसानघाटकाे जग्गाकाे विवाद बारे पटक पटक छलफल हुँदा पनि समस्या समाधान हुन सकेकाे छैन् ।

वडाध्यक्ष रामबाबु कलावरको रोहबरमा गत असार महिनामा  मुस्लिमहरुको हकमा पर्ने ७९ किता नंबरमा ७ कठ्ठा कायम रहेको तथा हिन्दुहरुको हकमा पर्ने ७८ किता नंम्बरमा ५ कठ्ठा कायम रहेको तथा दुवै कित्ताको विचमा १६ फिट बाटो रहने गरि नक्सा अनुसार कायम गरि किल्ला खुटा गाडी कायम गरिएको थियो ।

हिन्दु पक्षको हकमा रहेको जग्गामा इलेक्ट्रिक शव दाह गर्ने मेसिन राख्ने निर्णय गरिएको थियो भने मुस्लिमहरुको हकमा रहेको जग्गामा मुस्लिम कब्रिस्तान रहने निर्णय वडाध्यक्ष कलवार कै उपस्थितिमा गरिएको जानकारी हिन्दु समसानघाट संरक्षण समितिका अध्यक्ष राजा गिरीले दिए । तर सो निणर्य हाल मुस्लिम पक्षधरलाई मन्जुर नभई उच्च अदालतमा मुद्दा दिएका छन् ।

जामे मसजिद जीतपुरकाेतर्फबाट ग्यासुदिन अनसारीले उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा निषेधाज्ञा मुद्दा दिएका हुन् ।

हिन्दुहरुको भागमा परेकाे जग्गामा हिन्दु समुदायले नै प्रयाेग गर्दै आएपनि मुस्लिमहरुले कव्रिस्तानकाे रुपमा प्रयोग गर्दै आएको तथा हिन्दुहरुले त्यहाँ कुनै प्रकारको दाह संस्कार नगरेको भन्दै मुद्दामा उल्लेख गरेका छन् । तर नक्सामा भएको बाटोको बारेमा कुनै प्रकारको पुष्टि उच्च अदालतमा गरिएको मुद्दामा दुवै नक्साको विचमा भएको जग्गामा बाटोको बारे कुनै प्रकारको उल्लेख नगरिएको वताइकाे छ ।

हिन्दुहरुको हक भोगमा रहेकाे जग्गामा हिन्दुहरुले वर्षाैदेखि हिन्दु परमपरा अनुसार आकाश्मिक बालबालिकाको निधन भएको तथा कुनै कारणवस अचानक (अपुग उमेरमा) मृत्युभएका व्यक्तिहरुलाई माटोमा गाढी दाहसंस्कार गर्ने गरेको हिन्दु समसानघाट संरक्षण समितिका अध्यक्ष गिरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...