Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कब्रिस्तानबाट शव नियन्त्रण प्रकरण : वडाध्यक्षसहित ३ जना विरुद्ध मुद्दा

spot_img
spot_img

वीरगंज । कब्रस्तानमा गाड्न लागेकाे अवस्थाबाट प्रहरीले नियन्त्रणमा लिएको युवतीको शवको पोष्टमार्टम रिपाेर्ट आएकाे छ । रिपाेर्टकाे अनुसार युवतीकाे मृत्यु झुन्डिएर भएकाे देखिएकाे छ ।

वीरगंज १३ मुर्लीस्थित कब्रस्तानमा गाड्न लागेकै अवस्थामा प्रहरीले युवतीकाे शव नियन्त्रणमा लिएर पोष्टमार्टम रिपोर्टकाे लागि काठमाडाैं पठाएकाे थियाे । प्रहरीले उक्त प्रकरणमा वीरगंजका एक वडाध्यक्ष र जगरनाथपुर गाँउपालिकाका अध्यक्षका छोरासहित ३ जना विरुद्ध मुद्धा दर्ता गरेको छ। 

प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १३ का वडाध्यक्ष तुफान फारुक अन्सारी, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाँका जेठा छोरा नासिर मियाँ र मृतक बालिकाका बुवा समसुद्दिन अन्सारी विरुद्ध मुद्धा दर्ता गरेको हो । 

पोष्टमार्टममा झुण्डिएर मृत्यु भएको रिपोर्ट आए पनि पोस्टमार्टम नगराई शव गाड्न लागिएकोले घटनालाई प्रहरीले शंकास्पद नै मानेर ३ जना विरुद्ध मुद्धा दर्ता गरिएकाे जनाएकाे छ । झुण्ड्याएर मारेको पनि हुनसक्ने आशंका गर्दै घटना लुकाउने र प्रमाण दबाउने, नष्ट गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीन जना विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

तीनै जना विरुद्ध मलुकी अपराध संहितको दफा ९३ विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । 

पोष्टमार्टम रिपोर्टमा झुण्डिएरै मृत्यु भएको देखिएपनि घटना लुकाउने र प्रमाण दबाउन खोजिएकोले ३ जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक खनालले बताए । 

शव कब्रिस्तान लैजानुभन्दा अगाडि गाँउपालिका अध्यक्षका जेठा छोराको नासिरको घरमा राखिएको, मृतक बालिकाका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र वीरगन्ज १३ मुर्लीस्थित कब्रस्तानबाट शव नियन्त्रणमा लिने बेला त्यहाका वडाध्यक्ष तुफान फारुक अन्सारीले अवरोध पुर्याएको आरोप प्रहरीले लगाएको छ।

मुद्धा दर्ता गरिएका ३ जना मध्ये मृतक बालिकाका बुबा समसुद्दिन मात्रै प्रहरी हिरासतमा छन् । वडा अध्यक्ष अन्सारी र गाँउपालिका अध्यक्ष जालीमका जेठा छोरा नसीर भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक खनालले बताए । 

वीरगन्ज १३ मुर्लीस्थित कब्रस्तानमा असोज २१ गते साँझ भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया बालिका जयुनत खातुनको शव गाड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । शवको पोष्टमार्टम, वीरगंज मै नगरी प्रहरीले चिकित्सकको सिफारिसमा असोज २२ गते काठमाडौं पठाएको थियो । पोष्टमार्टम रिर्पोट काठमाडौंबाट आइतवार मात्रै आएको प्रहरी नायव उपरिक्षक खनालले बताए। 

असोज २१ गते कब्रस्तानबाट शव नियन्त्रणमा लिएकै दिन प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक बालिकाका बुबा समसुद्दिन, आमा, भाइ र बहिनी गरि ५ जनालाइ नियन्त्रणमा लिएको थियो । ती मध्ये मुद्धा दर्ता गरिएका मृतक बालिकाका बुबा समसुद्दिनलाइ मात्रै हिरासतमा राखेर अरु ४ जनालाई सोमबार रिहा गरिएको प्रहरी नायव उपरिक्षक खनालले बताए ।

कसैले कुनै कसुरदारलाई बचाउने नियतले कसुर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी विगार्न नपाउने उल्लेख छ । त्यसो गरे वा गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...