Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

spot_img
spot_img
वीरगंज । प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएकाे कस्मेटिक सामानसहित पिकअप नियन्त्रणमा लिएकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले बिआर ०५ जिबि २१६६ नम्बरकाे पिकअप र चालक भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिएकाे हाे ।
 
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भई खटिएको टोलीले मिति शनिबार सांझ ५:४५ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.७ स्थित रेल्वे सडकखण्डमा पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको प्रहरीले जनाएकाे छ ।
 
उक्त पिकअपमा रहेकाे सामानहरुकाे रू दश लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायत्ब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...