Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बाल क्लब समन्वय संजाल पर्साकाे जिल्ला बाल भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला बाल क्लक समन्वय संजाल पर्साकाे प्रथम जिल्ला बाल भेला आइतबार वीरगंजमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे भेलाकाे प्रदेश नं. २ का महिला, बालबालीका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले उद्घाटन गरेका थिए । 

भेलाकाे उद्घाटन गर्दै मन्त्री सिंहले बालबालिका गलत दिशामा गए भने देशको बिकास नहुने वताए । उनले आफ्नो दायित्व पूरा नगर्ने अरुमाथी दोष थुपार्ने परिपाट्टीकाे बिकास हुँदै गएकाे वताए ।

उनले भने “सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै हाे । शिक्षा भए गरिबी आफै हटेर जान्छ । हाम्राे समुदाय कसरी शिक्षा प्रती आक्रशित हुन्छ त्यस तर्फ साेच्न जरुरी छ  । त्यस कै लागि स्थानीय देखि संघ सरकार सम्म लाग्नु पर्छ । प्रदेश सरकारले त्यसको खोजी गरिरहेको छ ।”

प्रदेशको गरिबी र अशिक्षा हटाउन प्रदेश सरकार लागि परेको मन्त्री सिंहले वताए । रुढीबादी परम्पराका कारण पनि गरिबी र अशिक्षा हटाउन समस्या भएको उनको भनाई थियो । साथै उनले भने “छोरा र छोरीमा मतभेद भएका कारण पनि हामी पछाडि परेका छाैं ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले जोशिला युवाहरुको राजनीतिमा जरुरी रहेको वताए । अनुभवको कमिले प्रदेश सरकारलाई काम गर्न केही समस्या भएको समेत वताए । उनले नेतृत्वमा युवाको जरुरी रहेको धारणा राखे ।

जिल्ला बाल क्लब समन्वय संजाल पर्साका अध्यक्ष अर्जुन साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता चाैधरी, संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, पत्रकार शम्भु कुमार सुमन लगायतकाले मन्तव्य राखेका थिए ।

जिल्ला बाल क्लक समन्वय संजालकाे पूर्ण गठन

भेलाकाे बन्द सत्रले जिल्ला बाल क्लब समन्वय संजालकाे पूर्ण गठन गरेकाे छ । अर्जुन साहकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्षमा मान्सी साह, सचिव नितु यादव, सह सचिव धर्मराज सहनी, काेषाध्यक्ष संदिप साह, सदस्यहरुमा सराेज पटेल, कमलेश साह, प्रिती मिश्रा, हरिओम यादव, प्रतिक्षा चाैधरी, आलाेक नारायण पटेल रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...