Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कलवार कल्याण समाज बाराकाे अधिबेशन सम्पन्न

spot_img
spot_img

कलैया । कलवार कल्याण समाज बाराकाे दाेस्राे जिल्ला अधिबेशन सम्पन्न भएकाे छ । कलैयास्थित साेना लाैजमा शनिबार भएकाे अधिबेशनकाे उद्घाटन कलवार कल्याण महासंघका केन्द्रिय अध्यक्ष कृष्ण गुप्ताले गरेका थिए ।

अधिबेशनकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष गुप्ताले कलवार कल्याण समाजकाे भवन निर्माण सहयाेग गर्ने प्रतिबद्धता जनाए । उनले कलवार समाजकाे विकासकाे लागि एकताबद्ध हुन पनि आग्रह गरे । 

 कलवार कल्याण समाज बाराकाे अध्यक्ष नवलकिशाेर साहकाे अध्यक्षतामा भएकाे अधिबेशन उद्घाटन समाराेहमा कलवार कल्याण महासंघका केन्द्रिय उपाध्यक्ष हरिकृष्ण जयसवाल, महासचिव महेन्द्र प्रसाद चाैधरी, फेटा गाउँपालिका अध्यक्ष अमिरिलाल साह, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साह, जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सराेज चाैधरी, विधुत प्राधिकारण कार्यालय कलैयाका अधिकृत हर्देव गुप्ता,  घरेलु तथा साना उद्याेग कार्यालय बाराका उन्देव प्रसाद साह, जिनियस डान्स एकेडमीका एमडी अंकुश ब्याहुत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा काेल्भी नगरपालिकाका सुचना अधिकारी संजिव गुप्ताले रु ५१ हजार, किशाेरी लाल प्रसाद साहले रु ५१ हजार, निरन्जन अग्रवाल ५ हजार एक सय र शम्भु प्रसाद साहले ५ हजार एक सय कलवार कल्याण समाजलाई सहयाेग गरेका थिए । 

अधिवेशनले कलवार कल्याण समाज बाराकाे नयाँ कार्य समित अध्यक्ष, उपाध्यक्ष र महासचिव बाहेककाे चयन गरेकाे छ । तर अध्यक्ष, उपाध्यक्ष र महासचिवमा सहमती जुटन नसकेपछि कार्तिक २७ गते फेरी अधिबेशन बाेलाइएकाे अधिबेशनमा सहभागि ओमप्रकाश गुप्ताले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...