Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जगरनाथपुरमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न‌ं. १ पाडेपुरमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।

पर्सा निर्वाचन क्षेत्र नं. ४ (क) काे पार्टीका सभापति श्रीकान्त यादवकाे सभापतित्व र पार्टीका केन्द्रिय सदस्य रमेश रिजालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय जनाले नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

कार्यक्रममा जगरनागपुर गापा वडा नं. ३ का नसार गद्दी, बाबुनन्द गद्दी, नुरहसन हवारी, कलबान अन्सारी, रहीम मियाँ, इसमुल अंसारी, इन्तीयाज अन्सारी, सफीजुल अन्सारी, सहमद अन्सारी, रेयाज अहमद, सहीम अन्सारी, समुल्लाह अन्सारी, भरत साह तुरहा, सदाम मियाँ, अबदुल गद्दी, वडा नं. १ का समसुल अन्सारी, ललन पासवान, सुखाडी पासवान, रामायण राम, शेख इसराफिल, श्रीकिशुन पासवान, दिनेश पासवान लगायत दुई सय जनाले पार्ट प्रबेश गरेकाे नेपाली कांग्रेसका सराेज चाैरसियाले जानकारी दिए ।

नव प्रबेशीहरुलाई फुलकाे माला र अविरकाे टिका लगाएर कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रिजालले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, बृहस्पती श्रेष्ठ, पार्टी पर्साका सचिव किशाेरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि सहरुम राउत गद्दी, जिल्ला सदस्य नविन सिंह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए  भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...