Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जगरनाथपुरमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न‌ं. १ पाडेपुरमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।

पर्सा निर्वाचन क्षेत्र नं. ४ (क) काे पार्टीका सभापति श्रीकान्त यादवकाे सभापतित्व र पार्टीका केन्द्रिय सदस्य रमेश रिजालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय जनाले नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

कार्यक्रममा जगरनागपुर गापा वडा नं. ३ का नसार गद्दी, बाबुनन्द गद्दी, नुरहसन हवारी, कलबान अन्सारी, रहीम मियाँ, इसमुल अंसारी, इन्तीयाज अन्सारी, सफीजुल अन्सारी, सहमद अन्सारी, रेयाज अहमद, सहीम अन्सारी, समुल्लाह अन्सारी, भरत साह तुरहा, सदाम मियाँ, अबदुल गद्दी, वडा नं. १ का समसुल अन्सारी, ललन पासवान, सुखाडी पासवान, रामायण राम, शेख इसराफिल, श्रीकिशुन पासवान, दिनेश पासवान लगायत दुई सय जनाले पार्ट प्रबेश गरेकाे नेपाली कांग्रेसका सराेज चाैरसियाले जानकारी दिए ।

नव प्रबेशीहरुलाई फुलकाे माला र अविरकाे टिका लगाएर कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रिजालले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, बृहस्पती श्रेष्ठ, पार्टी पर्साका सचिव किशाेरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि सहरुम राउत गद्दी, जिल्ला सदस्य नविन सिंह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए  भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...