Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

७ दिने प्राथमिक शिक्षा वर्ग सम्पन्न, हिन्दु धर्म र संस्कृतिको संरक्षण आवश्य : अध्यक्ष गुप्ता

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगंजमा आयोजना गरेको ७ दिने प्रथामिक शिक्षा वर्ग शनिबार सम्पन्न भएकाे छ । वीरगन्जको घण्टाघरस्थित विपी उद्यान पार्कमा आयोजित समापन सामारोहका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

विश्वको एकमात्र हिन्दु धर्म नै हो, जसले कसैलाई क्षति पु¥याउँदैन तर हिन्दुलाई कसैले क्षति पु¥याउँन खोज्छ भने, आत्म संरक्षण गर्न पूर्व तयारी गर्नुपर्ने उनले बताए । विश्वकै पहिलो हिन्दुधर्मलाई पश्चिमी मुलुकहरुले अंगिकार गरीरहेका छन, यो हिन्दुत्वको लागि गर्व हो । तर हाम्रो देशमा केहि व्यक्तिहरु डलरमा आफनो धर्म बेच्ने काम गरीरहेका छन । यो देशको लागि शुभ संकेत होइन । हिन्दुत्वको संरक्षण हुन आवश्यक छ । हिन्दु स्वयंसेवक संघले हिन्दुत्व संरक्षणको लागि चालेको कदम सराहनीय रहेको बताउँदै उनले यसको लागि वीरगंज उद्योग वाणिज्य संघले मात्र नभई यहाँका निक्षि क्षेत्रले समेत सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष गुप्ताले हिन्दुत्वलाई कसरी अगाडी बढाउँन र हिन्दु समाजलाई कसरी जोड्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्न पनि हिन्दु स्वंयसेवक मार्फत उद्योग वाणिज्य संघ तयारी रहेको बताए । यो प्रशिक्षणले सहभागिहरुको मनोबल बढाएको छ । उनले हिन्दुत्वको लागि काम गर्ने उर्जापनि प्रदान गरेको बताउँदै आउँने दिनमा यो भन्दा दोब्बर संख्यामा प्रशिक्षण गर्न सुझाव समेत दिए ।

कार्यक्रममा हिन्दु स्वंयसेवक संघका राष्ट्रिय प्रचार प्रमुख डाक्टर दिपक अधिकारीले हिन्दु स्वंयसेवक संघ कुनै दलको राजनितिक गर्ने राजनितिक संगठन नरहेकाे स्पष्ट पारे । हिन्दु स्वयंसेवक संघको काम धार्मिक हुनसक्छ, उनले भने, ‘कुनैपनि राष्ट्र र समाजको कार्य भनेको अत्यन्तै पवित्र र उदार्त कार्य हो । जसले राष्ट्र र समाजको लागि पवित्र कार्य गर्छ त्यो संगठन धार्मिक हुन्छ ।’

हिन्दु स्वयंसेवक संघले देशभक्ती कार्य सिकाउँछ । श्वको जागरण नै देशभक्ती हो । अर्कालाई गाली गरेर राष्ट्रभक्ती देशभक्ती हुदैन । विदेशीले दिएको डलरले देशभक्ती खडा गर्न सक्दैन, उनले भने, ‘देशमा देशभक्ती खडा गर्न समाजको सदभावले संगठन चलाउँनु त्यो संगठन नै दिर्घकालिन चल्छ ।’ समाजलाई संगठति गर्ने काम हिन्दु स्वयंसेवक संघले गर्दछ । समर्थ राष्ट्र बनाउँन हिन्दुहरु संगठित समाज निर्माण गर्नै पर्छ । उनले भने, ‘जसरी शरीर भित्र आत्म हुन्छ र त्यसरी नै राष्ट्रको आत्मा नै हाम्रो संस्कृति नै हो । आत्मा विना न शरीर हुन्छ न त राष्ट्र नै ।’ 

एकसता संचालित प्राथमिक शिक्षा वर्गका सहभागि शिक्षार्थीहरुले समारोहमा आ—आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए । वर्गका वर्गाअधिकारी सत्रुधन गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा जिल्ला संघ चालक ललन द्विवेदी, जनकपुर सम्भाग प्रचारक लक्ष्मण गिरी लगायत हिन्दु स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

यसअघि स्वंयसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन समेत गरेको थियो । पूर्ण गणवेश, हातमा दण्ड र घोष पथसचालन निकालिएको थियो । विपि उद्यान पार्कबाट निकालिएको पथसंचालन मेनरोड हुँदै ओमआश्रम, रानीघाट, घडिअर्वा, कैलाशचोक, आर्दशनगर, माईस्थान, घण्टाघर हुँदै पार्कमा पुगि समारोहमा परिणत भएको थियो । चोक चोकमा स्थानिय उत्साहित हिन्दु समाज स्वंयसेवकहरुमाथि पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...