Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

कर्मचारी संगठन पर्साकाे भवन कब्जा गर्ने प्रयास विफल

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साकाे भवन कब्जा गर्ने र संगठन फुटाउने प्रयास विफल भएकाे छ ।

नेकपा एमाले निकट कर्मचारीहरुले वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेकाे संगठनकाे भवन याेजनाबद्ध तरिकाले कब्जा गर्न शनिबार विहान पुगेका थिए । संगठनकाे भवन कब्जा गर्ने याेजना बारे निजामती कर्मचारी संगठनका पदाधिकारीहरु थाहा पाएपछि प्रतिकार गर्न उनीहरु समेत पुगेका थिए ।

एमाले निकटका कर्मचारीहरुले संगठनकाे भवनमा आफु निकट कर्मचारीहरुकाे भेला गर्ने बहानामा कब्जा गर्न खाेजे पनि संगठनका पदाधिकारी र कर्मचारीहरुले नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंज घण्टाघर नजिक रहेकाे राेयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

संगठन कै एमाले निकटका केही कर्मचारीहरुले केही अराजक व्यक्तिकहरुकाे सहयाेगमा संगठनकाे भवन कब्जा गर्न र संगठन फुटाउन खाेजे पनि उनीहरुकाे प्रयास संगठनका कर्मचारीहरु विफल पारेकाे वताइएकाे छ । पर्सामा कर्मचारी संगठन एक ढिक्का भएपनि फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका केन्द्रिय सह संयाेजक लेखनाथ काेइराला, नाैतम पाेखरेल लगायतका नेताहरु समेत वीरगंज पुगेका थिए ।    

संगठनकाे भवन कब्जा गर्न र संगठन फुटाउन प्रयासमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुदिन अन्सारी, प्रधुमन चाैहान, वीरगंज महानगर सचिव सुन्दर कुर्मीकाे लगायतका नेताहरु समेत लागे पनि प्रयास विफल भएकाे संगठनसंग आवद्ध कर्मचारीहरुले वताएका छन् ।

संगठनकाे भवन एक बर्ष अगाडी मात्र नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादवकाे सक्रियतामा निर्माण भएकाे थियाे । भवनकाे उद्घाट पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...