Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी पर्साको कार्यालय रहेको कोठा खालि गर्न घरसाहुले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका छन् ।

वीरगंजको मूर्लिस्थित सुरेश आयलको छेउमा मेनरोडमै रहेको जसपा, पर्साका पार्टी कार्यालयले विगत ४३ महिनादेखी कोठाभाडा नतिरेकोले उक्त कोठा खाली गर्न घरसाहुले बुधबार जिप्रका पर्सामा निवेदन दिएका हुन् ।

बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी बैजनाथ प्रसाद साहको वीरगंज मूर्लिस्थित रहेको घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ । प्रति महिना रु ८ हजारको दरले विगत ४३ महिनादेखी कोठाको भाडा रु ३ लाख ४४ हजार बाँकी रहे पनि आफू पटक पटक भाडा माग्दा भाडा पार्टीले भाडा नतिरेपछि बाध्य भएर कोठा खाली गरि भाडा दिलाईदिन निवेदन दिएको घर साहु बैजनाथ प्रसाद साहले बताए ।

घरधनी साहले भने, ‘‘जसपा पर्साको तत्कालिन अध्यक्ष प्रदीप यादव भएको बेला ४/५ महिनामा भाडा पाउँथे, तर अहिले जसपा पर्साका अध्यक्ष रामनरेश यादव र सचिव तब्रेज अहमदलाई पटक पटक भाडा दिन आग्रह गरे पनि विगत ४३ महिनादेखी भाडा दिनुभएको छैन् ।’’ पटक पटक भाडा मांग गरेपनि वहाँहरुले वास्ता नगर्दा घर खाली गराउन बाध्य भएको घरधनी साहको भनाई छ ।

यता जसपा पर्साका अध्यक्ष रामनरेश यादवले कोठाभाडा बाँकी रहेको स्वीकार्दै हामीले यही १४ गते नयाँ ठाउँमा पार्टी कार्यालय सार्न लागेकोले जेजति भाडा बाँकी छ सबै तिर्ने साहुलाई भनेको बताए् । तर घरधनीले आफूलाई त्यस्तो केही थाहा नभनिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...