Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अझै केही दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

spot_img
spot_img

काठमाडाैं । मुलुकका विभिन्न भागमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाले एक बुलेटिन सार्वजनिक गर्दै हाल बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको उल्लेख गरेको छ ।

हाल देशको अधिकांश भू-भागमा सामान्य बदली भई हल्कादेखि मध्यम बर्षा भएको छ । प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षासमेत भएको छ । महाशाखाले मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

मंगलबार राति देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरु, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

बुधबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार प्रदेश न १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य वदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...