Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

अबैध रुपमा भित्रीएको भारतीय गाडी पक्राउ

spot_img
spot_img

वीरगंज ।  अवैध रुपमा भित्रिएकाे एक भारतिय गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटी गएको टोलीले पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं.५ निचुटा सडकखण्डबाट BR05P 1181 नम्बरको भारतीय सुमो गोल्ड गाडी नियन्त्रणमा लिएकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा भारतीय सुमो गोल्ड भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार साेमबार खटिएकाे प्रहरीले निचुटा सडकको छेउमा बेवारिसे अवस्थामा फेला परेकाे गाडी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बेवारिसे अवस्थामा फेला परेकाे गाडी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई रू. १० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...