Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

हिन्दु स्वंयसेवक संघद्वारा वीरगंजमा प्राथमिक शिक्षा वर्ग आरम्भ

spot_img
spot_img

वीरगंज । हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले वीरगंजमा सात दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम आइतबारदेखि शुरु गरेको छ ।

वीरगंजकाे रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयको प्रारङ्गणमा शुरु गरिएको प्राथमिक शिक्षा वर्गको उद्घाटन संघका विभाग संघचालक अशोक बैद्यले विधिवत रुपमा गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै संघचालक बैद्यले शिक्षाको साथ साथ व्यवहारिक, समाजिक र संस्कारिक शिक्षाको आवश्यकता औल्याउनु भयो ।

संगठन नै अनुशासन हो, संगठन नै विजय शक्ती हो, प्रशिक्षणमा सहभागि परिक्षार्थीहरुले अनुशासित र संगठित भएर अत्याधिक लाभ उहाँले शिक्षार्थीहरु संग आग्रह गर्नुभयो । । शिविरबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र संगठित भएर काम अगाडी बढाउँन उहाले सुझाव दिनुभयो ।

अहिले देशमा हिन्दु धर्ममाथि चौरर्फी रुपमा प्रहार गर्ने काम भईरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज संगठित हुनुपर्ने बताउनु भयो । असोज ६ गतेसम्म संचालन हुने प्राथमिक शिक्षा वर्गमा पर्सा र बारा गरी ५४ जना सहभागि शिक्षार्थीहरु सहभागि छन । उनीहरुलाई मुख्य ६ जना प्रशिक्षकले शारिरीक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिईरहनु भएको छ ।

शिक्षा वर्गलाई १५ जनाको समूहले व्यवस्थापन मिलाएको छ । उद्घाटन कार्यक्रममा हिन्दु स्वंयसेवक संघ नेपालका राष्ट्र कार्यवाह मुर्ली निरौला, शिक्षा वर्गका वर्गाधिकारी सत्रुधन गिरी, संघका पर्सा जिल्ला संघचालक ललन द्विवेदी लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...