Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जसपालाई एक ढिक्का लिएर लैजान्छु : सांसद प्रदिप यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टीलाई अगामि दिनमा विगत झै एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजस्थित ओम पार्टी प्यालेसमा आईतवार, दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए तापनि आफु पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने उदघोष गरे ।

उनले पार्टी भित्रै संघर्ष गरी नेतृत्व पंक्तिलाई सघाउने प्रतिबद्धता जनाए । ‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु, यो पार्टी मेरो लागि घर हो, नेता कार्यकर्ता इटा, सिमेन्ट र छठ जस्तै जस्तै सब संग मिलेर निर्माण गरेका हु, ’उनले भने, ‘केही राजनीतिक दलका नेताहरुले भनिरहेका छन्, प्रदिपले यो पार्टीमा गइरहेको छ, त्यो पार्टीमा गइरहेको छ तर त्यो सबै भ्रम छर्ने काम मात्र हो ।’

उनले कार्यक्रम आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले नेता कार्यकर्तालाई कार्यक्रममा नआउन फोन समेत गरेको र रातभरी एउटा गुटले जाग्राम नै बसेर कार्यक्रम प्राभावित गर्ने षडयन्त्र गरेको तर उनीहरुको षडयन्त्र विफल भएको पनि वताए ।

उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरुलाई मुखमै जवाफ फर्काउने गरेको तर आफनै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरुले मौन साधनु दुखको कुरा भएको पनि कार्यकर्ताहरुलाई जानकारी गराएका थिए । पार्टीका केही गुटका नेताहरुलाई गरिरहेको षडयन्त्रबाट पार्टीका नेतालाई सचेत रहन आग्रह समेत गरे ।

‘हाम्रै नेता तथा जनप्रतिनिधि अहिले अरु पार्टीको पञ्चायतीमा बसिरहेका छन्, मोटरसाइकलमा घुमिरहेको फोटो छ मसंग, ’उनले भने, ‘जसपा पहिले पनि काँग्रेस र कम्यूनिष्ट पार्टीसंग कमजोर थियो न, भविष्यमा हुनेछ, ’उनले भने, ‘जसपाबाट पर्साले मन्त्री नपाएपछि केही युवा, विद्यार्थीले पुत्ला दहन गरे, त्यो शैली मिल्दैन तर आफनै युवालाई सम्झाउनु भन्दा कारबाही गर्ने तर्फ केही नेताहरुको ध्यान छ, त्यो गलत हो, सच्चिएर हिडनु पर्छ ।’

उनले जसपाका नेता कार्यकर्ताले एकजुट भएर काम गर्दै गएमा अगामि दिनमा पार्टीले पर्साका नेता कार्यकर्तालाई अवश्य मूल्याकंन गर्ने आश्वासन दिए ।

‘पर्साले किन पाएन मन्त्रालय,मलाई अध्यक्ष ज्यूसंग केही भन्नु छैन, तर हामीले आजको कार्यक्रमबाट एकताको सन्देश लिएर अघि बढनु पर्छ,’उनले भने, ‘पार्टीको हित विपरित काम गर्ने बहुरुपिया नेताहरु आफैं पाखा लाग्छन् ।’

पार्टीको क्षेत्रीय प्रतिनिधि घनश्यामबाबू साहको अध्यक्षता तथा वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मोहनलाल चौधरी, टेक बहादुर शाक्य, प्रदेश सांसद जन्त अन्सारी, अन्जु यादव, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारी, पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुन, पार्टीका नेता जरि लामा लगायत १४ स्थानीय तहका वडा स्तरबाट निर्वाचित जनप्रतिनिधि र नेता कार्याकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...