Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाईमा दर्शनार्थीहरुकाे भिड (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा न‌ं. ४ बंजारीस्थित रहेकाे छिपहरमाई मन्दिरमा आज मेला लागेकाे छ । विजयादशमीकाे अवसरमा लागेकाे मेलामा मन्दिर दर्शन गर्नेहरुकाे भिड लागेकाे थियाे ।

भिड व्यवस्थित नहुँदा दर्शनार्थीहरुलाई दर्शन गर्न समस्या भएकाे थियाे । महिलाहरुकाे भिड व्यवस्थित गर्न पनि गाउँपालिका र नेपाल प्रहरीकाे पुरुष प्रहरी खटेका थिए ।

बंजारी तालकाे किनारमा लाग्ने गरेकाे मेला व्यस्थित नहुँदा बिशेष गरेर महिला दर्शनार्थीहरुलाई समस्या हुने गरेकाे पर्सा कालिकामाई गाउँपालिका वडा नं. २ का दर्शनार्थी ओमप्रकाश साहले वताए ।

पर्साकाे इतिहासिक र प्रसिद्ध मानिएकाे छिपहरमाई मन्दिर दर्शन गर्न भारतकाे सिमावर्ती जिल्लाकाे विभिन्न ठाउँका दर्शनार्थीहरु पनि पुग्ने गर्छन । मन्दिर परिसरमा घटस्थापना कै दिनदेखी नवमी सम्म अष्टजाम समेत हुने गर्दछ ।

मेलामा छिपहरमाई गाउँपालिका र प्रदेश सभा सदस्य सिंहासन साह कलवारकाे तर्फबाट दर्शनार्थीहरुकाे लागि नि:शुल्क रुपमा खाजा समेत वितरण गरिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...