Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

एलपी ग्यास बाेक्ने ट्याङ्करबाट गाँजा बरामद

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एलपी ग्यास बाेक्ने ट्याङ्करबाट लागु औषध गाँजा बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका‍े टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२५ स्थित आईसिपी गेटमा राेकी राखिएकाे भारतीय NL01K0754 नम्बरको एलपी ग्याँस बोक्ने ट्याङ्करबाट लागु औषध गाँजा बरामद गरेकाे हाे ।  

 सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा बुधबार विहान २ बजे आईसिपी गेटमा संकास्पद रूपमा रोकिएको ट्याङ्कर रितपूर्वक जाँच गर्दा उक्त ट्याङ्करको चालक बस्ने क्याबिन भित्र सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको लागु औषध गाँजा १२० के.जी. फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त ट्याङ्कर र सो गाँजा नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाले जानकारी दिए ।

उनले उल्लेखित नम्बरको ट्याङ्कर चालक तथा ट्याङ्करधनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको समेत जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...