Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नवनियुक्त मन्त्री रामसहाय यादवकाे वीरगंजमा स्वागत

spot_img
spot_img

वीरगंज । संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव बुधबार गृह जिल्ला बारा आएका छन् । असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद बिस्तारमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपा नेपालका माहासचिव मा. रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए ।

वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला बारा आएका हुन् । मन्त्री यादव बुधबार बिहान ११:३० बजे वीरगंजस्थित बहुवरी चौकमा पुगेपछि पर्सा र बाराका जसपाका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाई दिएकाे जसपाका युवा नेता शिव कुमार साहले बताए ।

जसपा नेपालका केन्द्रिय सदस्य फिरोज मसूर, प्रदेश कमिटी सदस्य गौरीशंकर साह, सलाउदिन अहम्द, महाराज यादव, प्रदेश सभा सदस्य सिंघासन साह कलवार, पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, बारा जिल्ला अध्यक्ष अजय पटेल, युवा नेता शिव कुमार साह, क्षेत्र नं. २ अध्यक्ष कामेश पन्डित लगायत जसपाका नेता तथा कर्याकर्ताले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...