Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तेलि समाज पर्साद्वारा वीरगंज मेलामा खाजा वितरण

spot_img
spot_img

वीरगंज । तेलि कल्याण समाज पर्साले वीरगंजस्थित गहवामाई मेलामा बुधबार विहान निशुल्क खाजा वितरण गरेकाे छ । अष्टमीकाे दिन गहवामाई दर्शन गर्न आउने सयाैं भक्तजनहरुलाई समाजले भुजा, चाना र पानी वितरण गरेकाे हाे ।

हरेक साल झै यस बर्ष पनि वीरगंजकाे प्रसिद्ध गहवामाई मेलामा आउने भक्तजनहरुको भोक र प्यासलाई मध्यनजर गर्दै मानव सेवाको लागि माईस्थान चौकमा जलपानको ब्यवस्था गरिएको समाजका शिव कुमार साहले बतए ।

वीरगंजकाे माईस्थानस्थित बाके बिहारी साह तेलिको घर (एनसेल सेन्टेर) अगाडि सडक किनारमा स्टल राखी आवत जावत गर्ने भक्तजनहरुलाई जलपान वितरण गरिएको उनले जानकारी दिए ।

तेलि समाजकाे दाताहरुको सहयोगले विभिन्न मानव कल्याणका कार्यक्रम गर्दै आएकोमा ती दाताहरुलाई धन्यवाद दिदै आउने दिनमा यस्ता समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने समाजका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलिले बताए ।

जलपान वितरण कार्यक्रममा तेलि कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलि, संविधान सभा सदस्य रामचन्द्र साह तेलि, तेली समाज  पर्साका जिल्ला अध्यक्ष धुर्व साह तेलि, लक्षुमण साह तेलि, गमहिरा साह तेलि, प्रेम साह तेलि, शिव कुमार साह, अमलेश साह तेलि लगायत समाजका युवाहरू स्वयंसेवककाे रूपमा सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...