Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बहुअरीमा कुस्ती प्रतियाेगिता सम्पन्न

spot_img
spot_img
वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार विराट कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । श्री महावीरि झण्डा मेलाको उपलक्ष्यमा भएकाे प्रतियोगिताकाे उद्घाटन पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गरेका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन गर्दै सांसद यादवले कुस्ती मधेशको सान रहेको र यसले देशको सान बढाउने हुनाले यसको पनि विशेष महत्व रहेको बताए । उनले पहावनहरुको हकमा केन्द्र सरकार खासै केही नगरेको र प्रदेश सरकारले पनि कुस्तीमा लगानी नगरेको र खेलाडीहरूलाई कुनै सुभिदा नदिई उनीहरूको मनोबल गिराउने काम गर्दा पहलवानहरु निरास हुने पुगेको वताए ।
 
कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका सांसद यादवले यसलाई ध्यानमा राखी पहलवानहरुको लागि रोजगारीको व्यवस्था गर्न माग गरे । उनले आफ्नो तर्फबाट पनि सकेजति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यक्रमका स्वागत मन्तव्य राख्दै परवानीपुर गाउँ कार्यपालिका सदस्य संजु साहले खेल जीवन भएकाे वताए । उनले खेलाडीहरुको भविष्य उज्वल रहेको र आउने दिनहरुमा अझ यस्तै प्रतियोगिताहरू आयोजना भए प्रतियाेगिताकाे संरक्षण हुने वताए ।
 
मेला समितिका अध्यक्ष महावीर प्रसाद यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख हरिनारायण साह, वडा नं. ५ का वडाध्यक्ष रामेश्वर साह, स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, प्रमोद यादव लगायतकाे सहभाागिता रहेकाे थियाे ।
 
प्रतियाेगितामा छिमेकी देश भारतकाे गोरखपुर, लुधीयना, पटना, बिहार, पंजाब र नेपालकाे जनकपुर, बारा पर्सा लगायतका जिल्लाका पहलवानहरुको भाग लिएका थिए ।  प्रतियोगितामा बारा, पर्सा, रौतहट जिल्लाका सर्व साधारणहरुको उल्लेखिनय उपस्थिति रहेको थियो ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...