Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पत्रकारलाई न्यायाधीश बन्नु हुँदैन् : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । वीरगंजबाट संचालित “हाम्रो नेपाल दैनिक डककम” अनलाईन पत्रिकाको शनिबार एक कार्यक्रमको बिच उद्घाटन गरिएकाे छ । नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले अनलाईन पोर्टलको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले आफु सदवै पत्रकारहरुको हक हितका लागि अग्रसर रहेको वताउँदै पत्रकारहरुलाई न्यायधिश नबन आग्रह गरे । उनले सत्य, तथ्य र पत्रकार अचारसंहिताको पालना गर्दै समाचार सम्प्रेसण गर्न आग्रह गरे ।

महानगरपालिकाले पर्साको पत्रकारकारिताको विकास गर्ने उदेश्यका साथ कानुन बनाएरै काम गरी रहेको तथा पत्र पत्रिकाहरुलाई लाेककल्याणकारी विज्ञापनकाे व्यवस्था मिलाएको वताए । साथै पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारहरुको लागि छात्रावृत्तिको समेत व्यवस्था गरेको मेयर सरावगीले जानकारी गराए ।

पत्रिकाका संचालक रामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चाैरसिया, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका नेता बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...