Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रसौनी गापामा जडान गरिएकाे सिसिटिभि क्यामेराको उद्घाटन

spot_img
spot_img

वीरगंज । बाराको प्रसौनी गाउँपालिकामा सिसिटिभि क्यामेराको शुक्रबार एक कार्यक्रकाबीच उद्घाटन गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जडा गरिएकाे सिसिटिभी क्यामेराकाे उद्घाटन गरेका हुन् ।

सिसिटिभी क्यामराकाे उद्घाट गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले क्यामरा जडान गरिएकाे  क्षेत्रमा अब चोरी, डकैती, लागू पदार्थ सेवन लगायतका घटनाहरु नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गण्डक, प्रसौनी बजारदेखि भलुहि चौकसम्म सिसिटिभी क्यामेराको विशेष निगरानी हुने बताए ।

साथै अध्यक्ष गुप्ताले प्रसौनी मात्र नभई कलैया बजारसम्म अरू पलिकसँग समन्वयगरी सिसिटिभी क्यामेरा जडान गर्न आफू तयार रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षा लगायत चोरी, डकैती, लागू पदार्थ सेवन आदि रोकथाम गर्नमा विशेष सहयोग पुग्ने हुनाले यस कार्यको लागि प्रसौनी गाउँपालिकालाई धन्यवाद दिए ।

साथै उनले समाजमा भएका विकृतिलाई रोकथाम गर्न र शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग र साथ दिन आग्रह गरे ।

नेपाल तरुण दल बाराका अध्यक्ष एवम् नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले सिसिटिभी क्यामेरा जडानले अब यस क्षेत्रमा शान्ति सुरक्षामा ठूलो सफलता हासिल गरेको बताए । उनले आउने दिनमा अझ सामाजिक सेवामा काम गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा प्रसाैनी गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुले शुभकामन व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकी उपप्रमुख गिता साहले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले गरेका थिए ।

कार्यक्रममा सुरक्षा कर्मी, कार्यपालिका सदस्य, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चार कर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवले कार्यक्रममा आएको सलाह सुझावलाई समेटेर शान्ति, सुरक्षा दिनमा आफू प्रतिबद्ध रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...