Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंज चिनी कारखानाको क्वाटरमा आफन्तकाे रजाई, केहीले भाँडा पनि लगाएकाे खुलासा

spot_img
spot_img

बीरगंज । वीरगंज चिनी कारखानाको क्वाटर मनपरी प्रयोग भइरहेको पाइएको छ । कारखाना संचालनका बेला त्यहाँ कार्यरत कर्मचारी बस्न बनाइएको क्वाटर कारखाना बन्द भएसँगै त्यसमा बसिरहेका कर्मचारीलाई प्रयोग गर्न दिइएको थियो ।

तर कारखाना बन्द भएको करिब २० वर्ष हुँदा अहिले अधिकांश क्वाटरमा पूर्व कर्मचारी छैनन् । केहीमा पूर्व कर्मचारीका भाइभतिज छन् भने केहीमा क्वाटरको संरक्षणको जिम्मा लिएकाहरुले भाडामा मान्छे राखेको पाइएको छ ।

अहिले क्वाटरमा करिब १२० परिवार बसिरहेका छन् । चिनीमिलको भौतिक संरचनासहितको जिम्मेवारी अर्थमन्त्रालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत करारका कर्मचारीलाई दिएको छ ।

तर करारमा रहेका चिनी मिलका प्रशासक अवधकिसोर सिंहसहितको टोलीले भने क्वाटरलाई कमाई खाने भाडो बनाएको स्रोतको दावी छ ।

चिनीमिल बन्द हुँदा अधिकांस कर्मचारीले सेवासुविधा लिँदै अवकास लिए । त्यसमध्ये अहिले पनि १८३ जना कर्मचारीले अवकास लिएका छैनन् । क्वाटरमा बस्न पहिलो प्राथमिकता उनै कर्मचारीले पाउनु पर्ने हो । तर ती कर्मचारी क्वाटरमा बस्न पाएका छैनन् ।

मिलको प्रशासकको जिम्मेवारी पाएका सिंहले आफ्नो मनपरी रुपमा पूर्व कर्मचारीको नातागोता नै नपर्नेलाई पनि पैसा लिएर क्वाटर दिलाएको स्रोतको दावी छ ।

चिनी कारखानासँग कुनै तालुक नै नराख्नेलाई क्वाटरमा राखिएको भन्दै प्रहरीसम्मै उजुरी पुगेको छ । तर पनि क्वाटर खालि गरेर वास्तविक व्यक्तिलाई दिन संरक्षणको जिम्मा लिएकाहरु हिच्किचाइ रहेका छन् ।

रामाशंकर पटेल पर्साकै धोविनी निवासी हुन् । उनको कारखानासँग कुनै लेनदेन छैन । तर उनलाई कारखानाका प्रशासक सिंहले मासिक भाडा लिएर क्वाटरमा राखेको स्रोतको दावी छ ।

यस विषयमा प्रहरीमा उजुरी नै परेको र छलफल गरेर कारखानासँग सम्बन्धित नरहेकालाई निकाल्न भनिएको भए पनि सिंहले त्यता व्यक्तिहरुबाट क्वाटर मुक्त गराउन सकेका छैनन् । चिनी कारखानाको पूर्ण संरक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालय वीरगञ्जले गरिरहेको छ । त्यही मातहत रहेर प्रशासकको जिम्मेवारी सिंहले पाएका हुन् ।

तर सिंहले क्वाटरको रेखदेख गर्नुको सट्टा क्वाटरलाई दुरुपयोग गरिरहेको स्रोतले दावी गरेको छ ।

यस बारेमा सिंहसँग बुझ्दा केही व्यक्ति कारखानासँग असम्बन्धित रहे पनि धेरै जसो पूर्व कर्मचारी नै अहिले पनि क्वाटरमा बसिरहेको दावी गरे ।

कारखानासँग असम्बन्धित व्यक्ति रामाशंकर पटेलको विषयमा सिंहले आफुले पटेललाई क्वाटर खाली गर्न भनी सकेको बताए ।

पटेललाई क्वाटर खाली गर्न कोलेनिकाले समेत पत्रचार गरेको तथा सो बिषयमा वडा प्रहरी कार्यालयमा समेत छलफल भएको सिंहले स्वीकार गरे । तर पनि पटेलले क्वाटर खाली नगर्नु कारण कार्यालयकै कर्मचारीहरुको मिलोमतो रहेको क्वाटरमै वसिरहेका एक जनाले नाम नछाप्ने सर्तमा बताए ।

कारखानामा भइरहेको गतिविधिका विषयमा कोष तथा लेखा नियन्त्रक कार्यालयले खासै चासो नदिँदा क्वाटरको दुरुपयोग हुनुका साथै सरकारी सम्पत्तीमाथी लुट मच्चि रहेको छ ।

चिनिमेलको रेखदेखमा खटिएका सिंहसहितका सुरक्षा गार्ड प्रमुख रत्नशमशेर राणा लगायतले सर–सफाईको नाममा लखौं मुल्य पर्ने काठको गोलाईका साथै फलामका महंगा समानहरु पटक–पटक बिक्री गर्दै आएका छन् ।

करारका कर्मचारीले आफ्नो स्वार्थका लागि कारखानाको सम्पत्ती दोहन मात्रै ध्यान दिएका हुन् । कारखानासँग सम्बन्ध नरहेकाहरुलाई क्वाटर खाली गर्न कोलोनिकाले पटक पटक पत्राचार गर्दै आएको छ ।

कोलोनिकाका प्रमुख रुद्र कार्कीले पटेल बसिरहेको कोठासहित कारखानासँग असम्बन्धित व्यक्तिको कोठा खालि गर्न आदेश दिएको बताउँछन् ।

तर पनि पटेलसहित कैयन परिवार करारकै कर्मचारीको मिलेमतोमा निर्वाध बस्दै आइरहेका छन् ।

बाहिर वस्दा घर भाडा महंगो पर्ने तर क्वाटरमा बसे कर्मचारीलाई केही पैसा दिए पनि हुने भएकाले कर्मचारीसँगको मिलेमतोमा असम्बन्धित व्यक्तिहरुले क्वाटरमा कब्जा जमाउन पुगेका हुन् ।

क्वाटर कब्जा गरेकाहरुले अटेरी गरेका त छँदै छन् तर अवधकिशोर सिंह तथा कारखानाका सुरक्षा प्रमुख रतनशम्शेर राणाले समेत कोनेलिकाको आदेशलाई अटेरी गर्नुलाई अर्थ पुर्ण रुपमा हेरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...