Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

लक्ष्मीपुरमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, दुई दर्जनले गरे प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरमा शुक्रबार नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) परित्याग गरी दुई दर्जनले नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

कार्यक्रममा स्थानिय नेता लालबाबु चाैहान, रामबाबु चाैहान, जमुना यादव, प्रभु चाैहान, नागेन्द्र प्रसाद चाैहान, अजय प्रसाद चाैहान, असर्फी यादव, सुकई यादव, काशी प्रसाद चाैहान, उमेश गिरी, सुरेश प्रसाद चाैहान, मुकेश प्रसाद चाैहान, ठग  महताे, गाया यादव, माया यादव लगायतकाले पार्टी प्रबेश गरेकाे नेपाली कांग्रस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले जानकारी दिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दे नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेपाली कांग्रेसकाे विकल्प नरहेकाे दाबी गरे । उनले अहिले चुनाव कसले गराउन विषयमा देशमा राजनिति भइरहेकाे वताए । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले नेपाली कांग्रेस नेतृत्वकाे सरकार नै स्थानिय, प्रदेश र संघकाे निर्वाचन गराउन वताए । उनले भने “नेपाली कांग्रेस नेतृत्वकाे सरकार भए पनि गठबन्धनले सरकार संचालन गरेका कारण साेचे अनुसारकाे काम प्रधानमन्त्री देउवाले गर्न सक्नु भएकाे छैन् । तर पनि मन्त्री परिषद विस्तार लगतै नै सरकारकाे काम, कारवाहीले गति लिन्छ ।

उनले एमसिसि पास भए अमेरिकाले देश कब्जा गर्छ गाउँ गाउँमा फैलाइएकाे हल्ला गलत भएकाे वताए ।   

नेपाली कांग्रेसका वडा सभापति एकबाली साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, रामदेव चाैहान, जिल्ला सदस्य प्रेम थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...