Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा ‘ह्वीर्लपुल होम एपलाइन्सेस’ शाेरुम खुल्याे, नेता रहबरले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । विगत एक दशकदेखि वीरगंजकाे लिंकरोडस्थित संचालनमा रहेको लक्की इम्पेक्सले आफ्नो शाखा विस्तार गरेको छ । इम्पेक्सले शाखा विस्तारको क्रममा वीरगंज महावीरस्थानस्थित मेनरोडमा ‘ह्वीर्लपुल होम एपलाइन्सेस’ को शोरुम संचालनमा ल्याएको हो ।

महावीरस्थान पमपम विल्डिङ्गको पश्चिमतर्फ मेनरोडमा संचालनमा आएको शाेरुमकाे उद्घाट नेकपा (माओवादी केन्द्र)का वीरगंज महानगर इन्चार्ज रहबर अन्सारीले गरेका थिए । शाेरुमकाे उद्घाटन गर्दै नेता अन्सारीले युवाहरु आफ्नै मुलुकमा व्यवसाय गरेर बस्नु पर्नेमा जाेड दिए । उनले विदेश जानु भन्दा स्वदेश मै राेजगार गर्नु उत्तम रहेकाे वताए ।

लक्की इम्पेक्सले सि.जि., एल.जि. तथा हुण्डाई ब्राण्डका आधिकारिक विक्रेता भई कार्य गर्दै आइरहेकोमा हाल ह्वीर्लपुल होम एपलाइन्सेससँग आवद्ध भई शोरुम विस्तार गरेकोमा खुशी व्यक्त गर्दै इम्पेक्सका संचालक महम्मद इन्ताफले यस कम्पनीसँग आबद्ध भई भविष्यमा ग्राहकहरुलाई सेवा सूविधाबाट सन्तुष्ट पार्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै कम्पनीका प्रतिनिधि शूसान्त महर्जनले लक्की इम्पेक्सलाई बधाई दिदै निकट भविष्यमा आकर्षक अफरहरु तथा सर्भिसबाट ग्राहक वर्गमा लोकप्रिय ब्राण्डको रुपमा स्थापित गर्न कटिबद्ध रहेको जानकारी दिए ।

इम्पेक्सका संचालक महम्मद इन्ताफको सभापतित्वमा भएकाे उद्घाटन कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का सचिव तबरेज आलम, जसपाका नेता नेजामूद्दिन समानी, प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामूद्दिन समानी तथा लोमस डिजिटल प्रा.लि.का प्रतिनिधि शूसान्त महर्जन लगायतको उपस्थिति रहेको थियो ।

उक्त शोरुम मार्फत ह्वीर्लपुल कम्पनीको इलेक्ट्रोनिक्स होम एपलाइन्सेन्स विक्री वितरण हुने शोरुमका संचालक महम्मद इन्ताफले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...