Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा ‘ह्वीर्लपुल होम एपलाइन्सेस’ शाेरुम खुल्याे, नेता रहबरले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । विगत एक दशकदेखि वीरगंजकाे लिंकरोडस्थित संचालनमा रहेको लक्की इम्पेक्सले आफ्नो शाखा विस्तार गरेको छ । इम्पेक्सले शाखा विस्तारको क्रममा वीरगंज महावीरस्थानस्थित मेनरोडमा ‘ह्वीर्लपुल होम एपलाइन्सेस’ को शोरुम संचालनमा ल्याएको हो ।

महावीरस्थान पमपम विल्डिङ्गको पश्चिमतर्फ मेनरोडमा संचालनमा आएको शाेरुमकाे उद्घाट नेकपा (माओवादी केन्द्र)का वीरगंज महानगर इन्चार्ज रहबर अन्सारीले गरेका थिए । शाेरुमकाे उद्घाटन गर्दै नेता अन्सारीले युवाहरु आफ्नै मुलुकमा व्यवसाय गरेर बस्नु पर्नेमा जाेड दिए । उनले विदेश जानु भन्दा स्वदेश मै राेजगार गर्नु उत्तम रहेकाे वताए ।

लक्की इम्पेक्सले सि.जि., एल.जि. तथा हुण्डाई ब्राण्डका आधिकारिक विक्रेता भई कार्य गर्दै आइरहेकोमा हाल ह्वीर्लपुल होम एपलाइन्सेससँग आवद्ध भई शोरुम विस्तार गरेकोमा खुशी व्यक्त गर्दै इम्पेक्सका संचालक महम्मद इन्ताफले यस कम्पनीसँग आबद्ध भई भविष्यमा ग्राहकहरुलाई सेवा सूविधाबाट सन्तुष्ट पार्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै कम्पनीका प्रतिनिधि शूसान्त महर्जनले लक्की इम्पेक्सलाई बधाई दिदै निकट भविष्यमा आकर्षक अफरहरु तथा सर्भिसबाट ग्राहक वर्गमा लोकप्रिय ब्राण्डको रुपमा स्थापित गर्न कटिबद्ध रहेको जानकारी दिए ।

इम्पेक्सका संचालक महम्मद इन्ताफको सभापतित्वमा भएकाे उद्घाटन कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का सचिव तबरेज आलम, जसपाका नेता नेजामूद्दिन समानी, प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामूद्दिन समानी तथा लोमस डिजिटल प्रा.लि.का प्रतिनिधि शूसान्त महर्जन लगायतको उपस्थिति रहेको थियो ।

उक्त शोरुम मार्फत ह्वीर्लपुल कम्पनीको इलेक्ट्रोनिक्स होम एपलाइन्सेन्स विक्री वितरण हुने शोरुमका संचालक महम्मद इन्ताफले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...