Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

एमाले परित्याग गरी सखुवा प्रसाैनीका एक दर्जनले गरे जसपा प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ३ का नेकपा एमालेका पूर्व क्षेत्रिय सचिव समि कपुर गिरीसहित एक दर्जन स्थानिय नेताहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गरेकाे छन् ।

गिरीसहित नेकपा ऐमालेबाट निर्वाचित सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ का वडा सदस्य रामा खाँ थारु, ऐमालेका पूर्व गा.वि.स. अध्यक्ष अनुरूध प्रसाद यादव, सुकदेव प्रसाद यादव, गत स्थानिय तहकाे निर्वाचनमा नेकपा ऐमालेबाट सखुवा प्रसाैनी गाउँपालिकाकाे उपाध्यक्षमा चुनाव लडेकी केदार कुमारी बिश्वकर्माका दाई कर्ण बहादुर बिश्वकर्मा जसपामा प्रबेश गरेकाे सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले वताए ।

यस्तै, नेपाली कांग्रसबाट सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ का धनजित पटवारी, प्रभु महतो उराव लगायत एक दर्जन भन्दा बढी स्थानिय नेताहरु जसपामा प्रबेश गरेकाे जसपाका जिल्ला सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिए ।

नव प्रबेशीहरुलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडाैंकाे बालकुमारीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमका बिच फुलकाे माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

साे अवसरमा जसपा नेपालका उपाध्यक्ष रामश्य यादव लगायतका नेताहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...