Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजबाट बेचबिखनमा परेकी एक युवतीकाे उद्दार, संलग्न एक जना पक्राउ

spot_img
spot_img
वीरगंज । मानव बेचबिखनकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ भने एक जना महिलालाई उद्दार समेत गरेकाे छ । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा न‌. १७ अलाैंबाट भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ बर्षिय रेयान खान भन्ने मुन्ना आलमलाई पक्राउ गरेकाे हाे ।
 
बीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौमा साेमबार विहान  खटिएको सशस्त्र प्रहरीको टोलीले आफन्त नेपाल संस्थाको समन्वयमा भारततर्फ जान लागेका १ जना महिला तथा १ जना पुरुषलाई शंका लागी नियन्त्रणमा लिएकाे थियाे ।
 
सशस्त्र प्रहरीले निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सोधपुछ गर्दा जिल्ला नुवाकोट घर भएकी २३ वर्षीया निज महिलालाई मुन्ना आलमले फेसबुकमार्फत चिनजान गरी आफू पहिल्यै विवाहित भएको तथ्य लुकाई झुट्ठा प्रेम सम्बन्ध राखी विवाह गर्ने बहानामा नारायणगढ, चितवन बोलाएका थिए ।
 
उनले प्रहरीलाई झुक्याउने उद्देश्यले बुर्का लगाइदिई बीरगञ्जसम्म ल्याई ईनर्वा नाका भनी सिर्सिया नाकातर्फबाट सीमापार गराई भारत लगी बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिकरूपमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
सोही बमोजिमको पीडितबाट जाहेरी दरखास्त  प्राप्त गरी ति महिलालाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न मुन्ना आलमलाई पर्सा जिल्ला अदालतबाट सोही मितिमा दिन १० दिनकाे म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...