Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

तीन चक्के टेम्पो खरिदमा फाइनान्सको सुविधा

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज बसपार्कस्थित लक्ष्मी मोटर्स प्रा.लि. र एन.आई.सि. एसिया लघुवित्तबीच तीन चक्के टेम्पोको फाइनान्स गर्ने सहमति भएको छ । मध्यम वर्गका व्यक्तिहरुले आफ्नो टेम्पो व्यावसाय संचालन गर्नका लागि क्रेताहरुको सहयोग पुग्ने उद्देश्यले एन.आई.सि. एसिया लघुवित्तसँग टेम्पो फाइनान्स गर्ने सहमति गरेको हो ।

जे.एस.ए. अटो प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता वीरगन्ज बसपार्कस्थित श्री लक्ष्मी मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक अरुण कुशवाहा र एन.आई.सि. एसिया लघुवित्त सँस्था लालबन्दीका उप निर्देशक ढाल प्रसाद तिमिल्सिनाबीच अटो टेम्पोको फाइनान्स गर्ने लिखित सहमति भएको हो ।

लक्ष्मी मोटर्स प्रा.लि.को कार्यालयमा भएको सहमतिमा विभिन्न प्रकारको १० बुंदे सहमति भएको हो, जसमा टेम्पो किन्ने क्रेताको सुविधादेखि लघुवित्तले लगानी गर्दा अपनाउनुपर्ने सुरक्षाको विषयलाई समेटिएको छ ।

मुलुकमा अधिकाँश युवाहरु बेरोजगार रहेको अवस्थामा सानै लगानीमा आफ्नो व्यावसाय शुरु गर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै लक्ष्मी मोटर्स प्रा.लि.ले फाइनान्सको सुविधा ल्याएको प्रबन्ध निर्देशक कुशवाहाले जानकारी दिए । उनका अनुसार तीन चक्के टेम्पो खरिद गर्दा एकै पटक भुक्तानी गर्न सक्ने अवस्था नरहेको पनि व्यक्तिहरु हुन्छन्, जसले आफ्नो जीविकोपार्जनका लागि व्यावसाय संचालन गर्न चाहन्छन्, तर सवारी किन्न सक्दैनन्, त्यस्ता मध्यम वर्गका व्यक्तिहरुको सहुलियतको लागि यो फाइनान्स सुविधा ल्याइएको बताए ।

यो फाइनान्सको सुबिधाले गर्दा कुनै व्यक्तिले कम्तिमा ४० प्रतिशत नगद भुक्तान गरि फाइनान्स गराएर तीन चक्के टेम्पो किन्ने सक्ने अवस्था सृजना भएको छ । सवारी किन्दा लघुवित्त र टेम्पोको अधिकृत विक्रेताबीच भएको सहमति अनुसार फाइनान्स गराउँदा क्रेताहरुले केही शर्तहरु पनि पुरा गर्नुपर्ने निर्देशक कुशवाहाले बताए ।

यस फाइनान्सले खास गरेर मध्यम वर्गका मजदुरहरुले लाभ लिन सक्ने उनको भनाई छ । साहुको टेम्पो भाडामा लिएर चलाउने चालकहरुले पनि यो सुविधाको सदुपयोग गर्दै आफ्नै टेम्पो किन्न सक्ने वातावरण सृजना भएको बताइएको छ । श्री लक्ष्मी मोटर्स प्रा.लि. जे.एस. ए. टेम्पोको नेपालको लागि आधिकारिक विक्रेता हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...