Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिल्ला बचत संघकाे १४ औं स्थापना दिवस वीरगंजमा मनाइयाे

spot_img
spot_img

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साले एक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे १४ औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक समिति सदस्य शम्भु गुप्ताले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गुप्ताले शुभकामना मन्तव्य राख्दै सहकारी संघले साकोसकोहरुकाे मन जित्न सफल भएकाे वताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेश पंडितले संचालक समितिले निर्णय गरेको पाँच वटा उप–समितिका पदधीकारीहरुलाई आ–आपनो जिम्मेवारी बहन गर्न आग्रह गरे ।

संघका अध्यक्ष पण्डितकाे अध्यक्षतामा भएकाे कार्याक्रमा जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, लेखासमितिका संयोजक राजेन्द्र प्रसाद जयसवाल, राष्ट्रिय सहकारी बैक लि. वीरगंज शाखाका प्रवन्धक संजय कुमार महतो र नेफ्स्कुन फील्ड कार्यालयका इन्चार्ज बृजेश गुप्ताले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे स‌ंचालन संघका महासचिव जिष्णु बरालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...