Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

मापदण्ड पालना नगर्ने चितवनका ६ मेडिकल कारबाहीमा

spot_img
spot_img

भरतपुर । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ ।

भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरुप  पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायब सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई  तीन/तीन लाख रुपैयाँ जरिबाना गरिएको छ ।

यस्तै, मिराकल फर्मालाई  दुई लाख ५० हजार, रिजन फार्मेसीलाई  २० हजार र अपोलो डेन्टल क्लिनिकलाई पाँच हजार रुपैयाँ जरिबाना तोकिएको उहाँले जानकारी दिनुभयो ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा औषधि बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिइ सञ्चालन गरेको लगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...