Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

एमआईएस अपरेटर र फिल्ड सहायकहरुको समिति गठन

spot_img
spot_img

वीरगंज । धनुषामा पनि एमआईएस अपरेटर र फिल्ड सहायकहरुको समिति गठन भएकाे छ । जिल्ला समन्वय समितिको सभा हलमा भएको एमआइएस अपरेटर र फिल्ड सहायकहरुकाे भेलाले शुशिल कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको हाे ।

जुन समितिको उपाध्यक्ष विवेक कुमार यादव, राजेश यादव, सचिव कल्पना कुमारी, सहसचिव धिरज साह, कोषाध्यक्ष सुनिल कुमार सिंह राजपुत, सदस्य अन्जु कुमारी, शिव नारायण सिंह, पुजा साह, श्रवण साह, दिपेन्द्र झा, मंकेश्वर यादव, संजय साह रौनियार रहेका छन् ।

यस्तै भेलाले बिष्णुदेव यादवको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको एमआईएस अपरेटर तथा फिल्ड सहायक समिति पर्साका कोषाध्यक्ष जितेन्द्र यादवले जानकारी दिए ।

यस्तै, महोतरीमा पनि एमआइएस अपरेटर र फिल्ड सहायककाे जिल्ला स्तरिय समिति गठन भएकाे छ । रामगोपालपुर नगरपालिकाकाे सभाहलमा भएकाे एमआईएस अपरेटर तथा फिल्ड सहायकहरूकाे भेलाले प्रविण कुमारकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला स्तरीय समिति गठन गरेकाे छ ।

नवगठित समितिकाे उपाध्यक्ष मुकेश महतो, कोषाध्यक्ष बिनिता कुमारी यादव, सचिव सत्यम सिंह ठाकुर, सहसचिव अमरेन्द्र कुमार महतो, सदस्यमा प्रविण कुमार मंडल, सरोज कुमार पाण्डेय, दिपक यादव, विपिन कुमार पण्डित, आलोक कुमार यादव चयन भएका छन् ।

त्यसैगरी, भेलाले रामनाथ रायको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जुन समितिमा भाष्कर मल्लिक, मंजु कुमारी महरा र शेष नारायण राय यादव रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...