Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

धाेबिनीमा सेवा निवृत भएका शिक्षहरु गाउँपालिकाद्वारा सम्मानित

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाको वडा नं. ५ धोबिनीमा साेमबार सेवा निवृत शिक्षककाे बिदाई तथा सम्मान कार्यक्रम  सम्पन्न भएको छ। धोबिनी गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे उद्घाटन गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले गरेका थिए ।

कार्यक्रमकाे उद्घाट गर्दै अध्यक्ष कुर्मीले शिक्षकहरुले दिएको शिक्षाबाट जीवन उज्यालाे हुने वताए । उनले भने “जसकाे घरमा शिक्षा छैन, त्यको घर अन्धकारमा रहेको छ । जसकाे घरमा शिक्षा छ, उसकाे घरमा उज्यालो छ ।”

त्यँही भएर शिक्षा दिएर भविष्यलाई उज्यालो बनाउने शिक्षकहरुलाई जहिले पनि सम्मान गर्नु पर्छ । उनले छोरा र छोरा बिच भेदभाव नगरी एक सम्मान विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह समेत गरे ।

आफ्नाे पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको वताउँदै अध्यक्ष कुर्मीले गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालयमा प्लस २ थप गरिएकाे वताए । उनले शिक्षक कमि रहेकाे विद्यालयहरुमा छिट्टै नै शिक्षक पदपुर्ती गरी चाँडै शिक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए ।

नेपाल शिक्षक संघ धोबिनी गाउँपालिकाका अध्यक्ष आरिफ हुसेन अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा १५ जना सेवा निवृत शिक्षक र दुई जना कार्यालय सहयोगीहरुलाई बिदाई तथा सम्मान गरिएकाे थियो ।

कार्यक्रममा श्री काली प्रसाद लाखे माविका गोरख नाथ तिवारी, कमलेश चौरसिया, शिवलाल साह, जगदिश प्रसाद कुर्मी, अन्य विद्यालयहरुबाट धुरुप साह कानु, धुरुप प्रसाद कुर्मी, अमरुलाह अालम, सुर्यनारायण महतो, जगदिश महतो, सुरेन्द्र पाण्डे, हरेन्द्र प्रसाद साह, अबदुलाह मियाँ , रैसुल अाजम, लक्ष्मी प्रसाद कुर्मी, सरजुग बैठा, सेवा निवृत भएका शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे ।

यस्तै, सेवा निवृत भएका विद्यालयका कार्यालय सहयाेगी अदालत कुर्मी र असोक साह कानुलाई पनि सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, प्रमुख प्रसासकिय अधिकृत राजु साह, वडाध्यक्ष मनाउर मियाँ, राजकिशाेर पटेल, ललन कुर्मी, नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदिप जैसवाल, नेपाल शिक्षक संगठनका अधयक्ष शिवानाथ महतो थारु, संघिय शिक्षक फोरमका अध्यक्ष असोक साह, नेपाल शिक्षक महासंघका पर्साका अध्यक्ष तिर्थराज यादव, कोषाध्यक्ष बिनोद गिरी, सदस्य कृष्ण मुरारी साह, श्री काली प्रसाद लाखे मा. विका प्रधानाध्यापक मदन साह लगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रमकाे संचालन शिक्षक सुनिल मुखियाले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गित र नृत्य समेत प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...