Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

विद्यार्थीहरुकाे विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । वीरगंज गोल्डेन गेट एकेडमीद्वारा शनिबार बिधार्थीहरुकाे सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएकाे छ ।  रौतहट जिल्लाको मौलापुर नगरपालिकामा रहेकाे पिकनिक पार्कमा एक कार्यक्रमको आयोजना  गरि कक्षा १० का बिधार्थीहरुलाई सम्मान तथा विदाई गरेकाे हाे ।
 
विद्यालयका संचालक सगिर अंसारीको सभापतित्वमा भएकाे कार्यक्रममा विधालयका प्रधानाध्यापक शेख अमनद, कोडिनेटर भरत यादव, विदाई तथा सम्मान कार्यक्रमको संयोजक शेख अमजद, भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकरी सम्पादक एवम् नेपाल युवा परिषद प्रदेश नं २ का संयोजक श्रवण प्रसाद साह, फोटो पत्रकार शेष मखदुम जहागस्त, होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलाम लगायत विधालयका शिक्षक शिक्षिका तथा विद्यार्थी सहभागिता रहेको थियो ।
 
विदाई तथा सम्मान कार्यक्रममा विद्यालयकाे तर्फबाट विद्यालयका कोडिनेटर भरत यादवलाई वेष्ट शिक्षकको एवार्डबाट सम्मानित गरिएको थियो । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...