Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा पूर्ण मास्क प्रयाेग सुनिश्चिताकाे शुभारम्भ

spot_img
spot_img

वीरगंज । कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन वीरगंजमा शनिबार पूर्ण मास्क प्रयाेग सुनिश्चिता शुभारम्भ कार्यक्रम गरिएकाे छ । युनिसेफ नेपाल, प्रदेश २ सरकारको सहयोग र वीरगंज माहानगरपालिकाको आयोजनामा दसैं तिहारमा हुने बढी भीडभाडलाई लक्षित गरी जनचेतनाका लागि शनिबार पूर्ण मास्क अभियान शरु गरिएकाे हो ।

विभिन्न संघ संस्था र स्वयंसेवकहरुको सहभागीतामा वीरगंज महानगरपालिकाबाट निस्केकाे प्रभात फेरी नगर क्षेत्रकाे परिक्रमा पश्चात घण्टाघरमा पुगी सम्पन्न भएकाे थियाे । प्रभात फेरीकाे क्रममा बजारमा मास्क प्रयाेग सम्बन्धि पम्पलेट समेत वितरण गरिएकाे थियाे ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरै मान्छेमा अब कोरोनाको जोखिम नभएजस्तै लापरवाही गर्दै हिडेकोले सचेत गराउन मास्क अभियान शुरु गरिएकाे महानगर प्रमुख विजय कुमार सरावगीले वताए ।

उनले चाडवाड नजिकै आएको र धेरै मान्छेहरु विभिन्न स्थानबाट घर फर्किने हुँदा कोरोना संक्रमणको जोखिम रहेकोले त्यसबाट बच्नका लागि मास्क अनिवार्य गरिएको बताए । उनले मास्क नलगाई सेवा लिन आउनेहरुलाई कार्यालयमा प्रवेशमा समेत रोक लगाउन सबै कर्मचारीहरुलाई निर्देशन समेत दिइसकिएकाे जानकारी गराए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतो, नगर प्रमुखका प्रेस सल्लाहाकार गोविन्द देवकोटा लगायत महानगरपालिकाका स्वास्थ्य, सरसफाई शाखाका अधिकृत तथा कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...