Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा पूर्ण मास्क प्रयाेग सुनिश्चिताकाे शुभारम्भ

spot_img
spot_img

वीरगंज । कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन वीरगंजमा शनिबार पूर्ण मास्क प्रयाेग सुनिश्चिता शुभारम्भ कार्यक्रम गरिएकाे छ । युनिसेफ नेपाल, प्रदेश २ सरकारको सहयोग र वीरगंज माहानगरपालिकाको आयोजनामा दसैं तिहारमा हुने बढी भीडभाडलाई लक्षित गरी जनचेतनाका लागि शनिबार पूर्ण मास्क अभियान शरु गरिएकाे हो ।

विभिन्न संघ संस्था र स्वयंसेवकहरुको सहभागीतामा वीरगंज महानगरपालिकाबाट निस्केकाे प्रभात फेरी नगर क्षेत्रकाे परिक्रमा पश्चात घण्टाघरमा पुगी सम्पन्न भएकाे थियाे । प्रभात फेरीकाे क्रममा बजारमा मास्क प्रयाेग सम्बन्धि पम्पलेट समेत वितरण गरिएकाे थियाे ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरै मान्छेमा अब कोरोनाको जोखिम नभएजस्तै लापरवाही गर्दै हिडेकोले सचेत गराउन मास्क अभियान शुरु गरिएकाे महानगर प्रमुख विजय कुमार सरावगीले वताए ।

उनले चाडवाड नजिकै आएको र धेरै मान्छेहरु विभिन्न स्थानबाट घर फर्किने हुँदा कोरोना संक्रमणको जोखिम रहेकोले त्यसबाट बच्नका लागि मास्क अनिवार्य गरिएको बताए । उनले मास्क नलगाई सेवा लिन आउनेहरुलाई कार्यालयमा प्रवेशमा समेत रोक लगाउन सबै कर्मचारीहरुलाई निर्देशन समेत दिइसकिएकाे जानकारी गराए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतो, नगर प्रमुखका प्रेस सल्लाहाकार गोविन्द देवकोटा लगायत महानगरपालिकाका स्वास्थ्य, सरसफाई शाखाका अधिकृत तथा कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...