Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

हेल्मेटमा लुकाइ ल्याउँदै गरेकाे १५ लाख रकमसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले हेल्मेट भित्र लुकाईछिपाई ल्याइरहेका स्राेत नखुलेकाे १५ लाख रकमसहित ३ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले भारत जिल्ला पुर्वी चम्पारण थाना कंगेली-१ बसतपुरका २५ बर्षिय बिक्रम पटेल, भारत जिल्ला मोतिहारी थाना पलनवा भेलाहीका २९ बर्षिय मुकेश पटेल र पर्साकाे धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुरका २३ बर्षिय बलिराम पटेललाई पक्राउ गरेकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदैगरेको सूचना प्राप्त भई खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट तीनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भारतबाट आउँदै गरेका ना.६० प. ५९९८, ना.४१ प. १०४८ नम्बरको सिडी डिलक्स मोटरसाईकल र ना.६४ प. ८३५९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल चढी आएकाहरुलाई रोकी तलासी लिँदा निजहरूले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू १५ लाख ५० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

उक्त रकम बरामद गरी मोटरसाइकलसहित निजहरूलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...