Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कालिकामाईमा नेता रिजालद्वारा अगुवा कार्यकर्तासंग भेटघाट

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा निर्वाचन क्षेत्र नम्बर ४ काे कालिकामाई गाउँपालिका वडा न‌ं. १ मुडलीमा बिहिबार पार्टीका अगुवा कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम गरेका छन् ।

भेटघाटकाे क्रममा वाेल्दै नेता रिजालले पार्टीलाई भाेटर हाेइन ईमान्दार र पार्टी प्रति समर्पित कार्यकर्ता चाहिएकाे वताए । उनले पार्टीमा युवाहरुले अगाडी बढे पार्टीसहित देशलाई नै फाईदा हुने बताए ।

नेता रिजालले अहिलेकाे सरकार नेपाली कांग्रेसको एकल नभएका कारण बढी आशावादी नबन आग्रह समेत गरे । उनले बर्तमान सरकार जुन बेला पनि ढल्न सक्ने भएकोले पार्टीलाई मजबुत बनाई स्थानिय तथा संसदिय चुनावमा बाजी मार्न आग्रह गरे ।

नेपाली कांग्रेसमा अहिले धेरै जनाले प्रबेश गर्न लब्बिंग गरेको र आफु पार्टीमा आउन आग्रह गर्दै टिकट लिने आशामा नआए पनि हुने जवाफ दिएको बताए । गाउँपालिकाको हरेक वडामा पार्टी भित्र केही न केही समस्या रहेको र सो समस्या क्रिएट नगर्न आग्रह गरे ।

उनले यदि पार्टीका कोई कार्यर्ताले पार्टी बिपरित गतिबिधी चाले असहय हुने जिकिर गरे । वडा तथा पालिका स्तरिय अधिवेशनमा सकभर उमेर पाको भएकाहरु ससम्मान गर्ने र युवाहरुलाई अगाडी बढाउन सल्लाह समेत दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिती सदस्य बशिष्ठनारायण कुर्मी, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिस्टर अहम्मद, कालिकामाई गाउँपालिकाका संयोजक नेजामोदीन मियाँ, छठु साह, अजय पटेल, राजाक राउत गद्दी, वडा नम्बर १ वडाध्यक्ष रामाशिष यादव, पूर्व गाबिस उपाध्यक्ष परमा पटेल, कार्यपालिका सदस्य रामानन्द ठाकुर लगायत बोथ सभापतिहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...