Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

अपांगता भएकाहरु महानगरको उच्च प्राथामिकतामा : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अपांगता भएकाहरु महानगरपालिकाको उच्च प्राथामिकतामा रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा पर्सा बहिरा संघको ११ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर सरावगीले महानगरपालिकाले मानवतासँग जोडिएको अपांगता भएकाहरुको विषयमा स्थानीय सरकार गम्भीर रहेको र उनीहरुको समग्र विकासको लागि महानगर सधैं अगाडि रहने प्रतिवद्धता व्यक्त गरे ।

पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अतिथि उपमेयर शान्ती कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य अजय साह, नेपाल पत्रकार महासंघ स्रोत शिक्षक राजकिशोर प्रसाद कानु लगायतकाको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य र कार्यक्रम सन्चालन पर्सा बहिरा संघका दोभासे अर्चना कर्णले गरेका थिए ।

११ औं साधारण सभाले पुनः एक कार्यकाललाई सगुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा समिक्षा सापकोटा, सचिवमा अजय कर्ण, कोषाध्यक्षमा जुलफकार अन्सारी, सदस्यमा प्रभात मिश्र, सिल्पा कर्ण, रुपलाल भगत कोईरी, जगदीश कम्ती र उमेश गुप्ता रहेको जानकारी अर्चना कर्णले जानकारी दिइन ।

२०६७ सालमा बहिरा संघ स्थापना भएको ९ बर्षको संघर्षपछि महानगरपालिका मेयर सरावगीको तत्परताले विद्यालय स्थापना भएको हो । बहिरा विद्यार्थीहरुको लागि दोभाषेको अत्यन्त आवश्यक रहेको विद्यालयका स्रोत शिक्षकको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...