Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

यातायात कार्यालय वीरगंजमा हुँदै आएकाे संगठित अनियमितताकाे खुलासा

spot_img
spot_img

वीरगंज । यातायाता व्यवस्था कार्यालय वीरगंजकाे सावारी शाखामा संगठित रुपमा अनियमितता भइरहेकाे रहस्यकाे खुल्लासा भएकाे छ । सवारी चालक अनुमति पत्र नविकरणमा भइरहेकाे याेजनाबद्ध संगठित अनियमितताकाे खुल्लासा भएकाे हाे ।

गत बर्षकाे माघ र फागुन महिनामा यातायात कार्यालय बुटवलबाट लिएकाे दुई सय जति सवारी चालक अनुमति पत्र यातायात कार्यालय वीरगंजबाट नविकरण गरिएकाे थियाे । नविकरण गरिएकाे सवारी चालक अनुमती पत्र मध्ये केहीकाे समुह नै फरक परेपछि र केहीकाे सम्बन्धित कार्यालयमा रेकर्ड नै नभेटिएपछि नविकरण नै रद्द गर्नु परेकाे छ ।

यातायात कार्यालय वीरगंजका केही कर्मचारीहरुकाे मिलाेमताेमा भएकाे त्यस्ताे संगठित अनियमितता बारे यातायात व्यवस्था विभाग सम्म जानकारी पुगेपछि रद्द गरिएकाे हाे । त्यस सम्बन्धमा विभागले समेत अनुसन्धान अगाडी बढाएकाे छ ।

लकडाउनकाे समयमा वीरगंजकाे एक कर्मचारीकाे युवजर आइडी प्रयाेग गरी वीरगंजबाट भर्नु पर्ने फाराम बुटवलबाट नै भरिएकाे थिाये । नविकरणकाे लागि रसिद समेत काटि सकिएकाे विभिन्न समुहका सवारी चालक अनुमती पत्र यातायात कार्यालयकाे ढाटा र डियलमा रेकर्ड मैच नखाएपछि साे कार्यमा सलग्न रहेका कर्मचारी फस्ने डरले नविकरण पक्रिया नै रद्द गर्नु पर्याे ।

साेर्स डाटा नभेटिएर गत बर्षमा एक सय ८७ वटा सवारी चालक अनुमती पत्रकाे नविकरण पक्रिया रद्द गरिएकाे यातायात कार्यालय वीरगंजका लाइसेन्स शाखा प्रमुख शुसिल साहले वताए ।

उनले कार्यालयकाे रेकर्डमा केही सवारी चालक अनुमती पत्रकाे समुह नै फरक परेपछि र केहीकाे रेकर्ड नै नभेटिएपछि नविकरण पक्रिया रद्द गर्नु परेकाे वताए । त्यस्ताे सवारी चालक अनुमती पत्र नविकरण गर्न यातायात कार्यालय वीरगंजकाे कुन कर्मचारीकाे युजर आइडी प्रयाेग भएकाे संचारकर्मीकाे प्रशनकाे जवाफमा कार्यालय प्रमुख साहले हामीलाई त्याे कुरा थाहा नहुने र यस सम्बन्धमा विभागले अनुसन्धान पक्रिया अगाडी बढाएकाे जानकारी दिए ।

यस्ताे कार्य विगतदेखी नै यातायात कार्यालयका कर्मचारीहरुकाे मिलाेमताेमा हुँदै आएकाे समाचार स्राेतले जनाएकाे छ । अरु कार्यालबाट लिएकाे सवारी चालक अनुमती पत्रकाे वर्ग नै फरक पर्ने गरी यातायात कार्यालय वीरगंजबाट हुने गरेकाे नविकरणमा ठुलाे रकमकाे चलखेल समेत हुँदै आएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...