Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

महानगरको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी गर्नुपर्छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताएका छन् । मानव स्वास्थ्यको विकास नभई अन्य विकासको कुनै औचित्य नहुने बताउँदै मेयर सरावगीले स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथामिकतमा रहेकोले स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने बताए ।

युनिसेफ नेपाल र काठमाडौ मेडिकल कलेजको आयोजनामा र वीरगंज माहानगरपालिकाको सहकार्यमा आईतबारदेखि सुरु भएको प्राथमिक स्वास्थ केन्द्र (C.P.H.C) सम्बन्धि दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर सरावगी नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेकोले सोही अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले तालिम र प्रशिक्षणले कर्मचारीहरुलाई अझ दक्ष बनाउने र यसले सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयसवाल, युनिसेफका प्रतिनिधिहरु लगायत महानगरपालिकाका स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...