Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

गुठी संस्थानको नाममा हुनु पर्ने जग्गा व्यक्तिको नाममा, अध्यक्ष चाैधरीकाे आपती

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी) वीरगंज महानगर कमिटिका अध्यक्ष मनोज चौधरीले गुठी संस्थानको नाममा हुनु पर्ने जग्गा व्यक्तिको नाममा भएको प्रति आपति जनाएका छन् ।

कालिका टाईम्ससंगको संवादमा अध्यक्ष चौधरीले महानगरभित्र कुनै पनि प्रकारको अनुदानमा सार्वजनिकीकरण भईसकेको जग्गा पुनः आफ्नो नाममा गराएर निजी सम्पती बनाए आफू र आफ्नो पार्टीले त्यसताहरुको बिरुद्ध संघर्ष गर्ने बताए ।

अध्यक्ष चौधरीले  साविक वीरगंज उप–महानगरपालिकाकाे वडा नं. १० हाल वीरगंज महानगरपालिका वडा नं. ८ मा  पर्ने शिवा आँखा अस्पताल जाने बाटाेमा रहेकाे सुर्यानारायण मन्दिर छेउछाउकाे किता नं. ६७,२९९ र ३ को ९ कठ्ठा १२ धुर जग्गा कन्क शमशेर राणाले सार्वजनिक उपभोगको लागि अनुदानमा दिईसके पनि स्थानीयले उक्त जग्गा सार्वजनिक परियोजनको लागि उपयोग गर्न नपाएकोमा आफू दुःखी भई सार्वजनिक उपयोगको गराउनको लागि लागीपर्ने बताए ।

चौधरीले कन्क शमशेर राणाले उक्त वडाका बासिन्दाहरुको लागि आफ्नो नाममा रहेको जग्गा सार्वजनिक उपयोगका लागि सार्वजनिकीकरण गरिसके पनि हाल गुठ्ठि संस्थानको नाममा हुनु पर्ने जग्गा राणाका सुपुत्र हेमाद्री शमशेर राणाले नैतिकता छोडी पुनः आफ्नो पूर्वजको सम्पती आफ्नो नाममा गराई जघन्य अपराध गरेको समेत बताए ।

नेता चौधरीले हेमाद्री शमशेर राणाको कुकृत्यका बिरुद्ध म लगायत मेरो पार्टीले जनताको भलो हुने गरी पुनः सार्वजनिकिकरण गराउन आवश्यक संघर्ष गर्न पछि नहट्ने समेत दाबी गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...