Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

भन्सार छलीकाे सुपारीसहित ट्रक र ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । भन्सार छली ल्याएका सुपारी लगायतका सामानहरुसहित ट्रक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१४ स्थित गण्डक चोकबाट ना.२ ख. ००२५ नम्बरको मालवाहक ट्रकमा नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरु भन्सार छली गरी वीरगञ्जबाट नेपालगञ्जतर्फ लाँदै गरेको सूचना प्राप्त भएकाे थियाे । प्राप्त सूचना पश्चात खटिएको प्रहरी टोलीले आइतबार राती १०:३० बजे  ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालवस्तुहरुको बिलविजक नरहेकोले उक्त ट्रक र चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३१ को नवीन कुमार श्रेष्ठसहित नियन्त्रणमा लियएकाे हाे ।

ट्रकलाई नियन्त्रणमा लिई सामान तथा ट्रककाे ६५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि साेमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

        यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साबाट नै खटिएकाे प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२४ स्थित सिर्सिया सडकखण्डको बाटाेबाट प्रदेश नं.२-०३ -००१ थ ०००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएकाे छ ।

ट्रयाक्टरमा सुपारी, छोगडा तथा मरिच लगायतका मालबस्तुहरू भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको सूचना प्राप्त भई खटि गएको टोलीले उल्लेखित नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त ट्याक्टरको डब्बा भित्र सुपारी ४६ बोरा, छोकडा १० बोरा, मरिच ५ बोरा, केराउ ७ बोरा लगायतका अन्य किराना सामानहरू लोड रहेको देखिएको तथा सो सामानको आवश्यक बिलबिजक लगायतका कागजातहरू तत्काल पेश गर्न नसकेकोले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले जानकारी दिए ।

उक्त ट्याक्टर तथा मालसामानलाई चालक जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४५ को आलिम अन्सारीसहित नियन्त्रणमा लिई २० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि साेमबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...