Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

शिक्षाकाे विकास बेगर देशकाे विकास हुँदैन : सांसद राजेश्वर साह

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिका वडा नं. ९ बडेर्वामा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालमा कक्षा ११ को स्वागत तथा कक्षा १२ को बिदाई कार्यक्रम सम्पन भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र न. २ (क ) का प्रदेश सभा सदस्य (सांसद) राजेश्वर प्रसाद साहले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सांसद साहले विध्यालयकाे भाैतिक पूर्वाधार विकासकाे लागि दुई काेठे भवन निर्माण गरिदिन प्रतिवद्धता जनाए । उनले विद्यालयमा विद्यार्थीकाे संख्या बढी रहेकाे र कक्षा काेठाकाे अभाव देखिएकाेले चालु आर्थिक बर्ष मै भवन निर्माण गरिदिने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद साहले प्रदेश सरकारले शिक्षा ऐन अझै बनाइनसकेकाे अवस्थामा मावि तह सम्म स्थानिय तहलाई नै हेर्ने जिम्मा रहेकाेले वताए । उनले भाैतिक पूर्वधार विकासले मात्र गाउँ ठाउँमा विकास नहुने वताउँदै शिक्षामा विशेष ध्यान दिनु पर्ने धारणा राखे । शिक्षाकाे विकास बेगर देशकाे विकास नहुने उनकाे भनाई थियाे ।

वडा नं. ९ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण गौरो थारुको अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सागढि नगरपालिकाकी उप प्रमुख अर्चना चौधरी, वडाध्यक्ष तुलाराम थारु, बेदमन दास थारु, किसुन्देव प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय प्राङगणमा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले संगित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...