Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

फेम इन्स्ट्च्यिुटद्वारा चिकित्सा शिक्षा अध्ययनको लागि तयारी कक्षा शुरु

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीस्थित फेम इन्स्ट्च्यिुटले चिकित्सा शिक्षाको लागि तयारी कक्षा संचालन गरेको छ । चिकित्सा शिक्षा एम.बि.बि.एस., बि.डि.एस., बि.एस.सि. नर्सिङ्ग तथा फार्मेसीको तयारी कक्षा संचालन शुरु गरेको हो ।

चिकित्सा शिक्षा तयारीको लागि कक्षा संचालन गर्न इन्स्ट्च्यिुटले असोज ५ गतेदेखि नै विद्यार्थीहरुलाई रजिष्ट्रेशन फाराम खुल्ला गरेको छ भने असोज १२ गतेदेखि तयारी कक्षा संचालन गर्ने भएको छ । सोही कक्षा संचालनको पूर्व सन्ध्यामा इन्स्ट्च्यिुटले चिकित्सा शिक्षा क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि सेमिनारको आयोजना गरेको छ ।

चिकित्सा शिक्षाको लागि तयारी गर्ने करिब ५० जना विद्यार्थीहरुको उपस्थितिबीच राणीसति अतिथि सदनमा आयोजित सेमिनारमा इन्स्ट्च्यिुटका कार्यकारी निर्देशक आशुतोष यादव, डा. मृगेन्द्र कुमार सिंह यादव, निलम ट्रेडर्सका प्रोप्राइटर राजकुमार रौनियार, नेशनल मेडिकल कलेजका एम.बि.बि.एस. अन्तिम वर्षका विद्यार्थीहरु आशिष झा, नेविसंघ पर्साका युवा नेता राकेश यादव लगायतले मेडिकल शिक्षाप्रतिको विशेषताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

चिकित्सा क्षेत्र अध्ययन गर्नका लागि हुने प्रवेश परीक्षा तयारीका लागि इन्स्ट्च्यिुटका संयोजक डा. मृगेन्द्र कुमार सिंह यादव, नेशनल मेडिकल कलेजका (एम.बि.बि.एस.) का अन्तिम वर्षका विद्यार्थीहरु रामजी राम, महेन्द्र पाण्डे, दिपक आचार्य, अर्जुन ढकाल, गोविन्द यादव, राज गुप्ता, तेश्रो वर्षका विद्यार्थी खगेन्द्र देवकोटा, जनक गौतम, प्रिया चामलिङ्ग तथा विवेक आचार्यले कक्षा संचालन गर्नेछन् ।

चिकित्सा शिक्षाको तयारीको लागि इन्स्ट्च्यिुटले अनलाइन तथा शारिरिक वर्ग कक्षा संचालन गर्नेछ । चार महिनाको कोर्स रहेको उक्त तयारी कक्षामा प्रतिदिन ४ घण्टाको कक्षा संचालन हुनेछ भने यो कक्षा प्लस टु मा विज्ञान शंकायमा अध्ययन गर्दै गरेको र आगामी दिनमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संचालन गरिएको इन्स्ट्च्यिुटका कार्यकारी निर्देशक आशुतोष यादवले जानकारी दिए ।

साथै प्लस टु विज्ञान शंकायमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुको लागि दैनिक २ घण्टाको प्रि मेडिकल कक्षा पनि संचालन हुन गइरहेको निर्देशक यादवको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...