Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगञ्जमा राजपुत समुदायको भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । बारा जिल्ला समन्व्य समितिका सभापति नवलकिशोर सिंहले सबै राजपुत एक जुट भएर जानुको बिकल्प नरहेको बताएका छन् । नेपाल राजपुत सेवा समितिको शनिबार वीरगञ्जमा भएकाे भेलालाई सम्बोधन गर्दै सभापति सिंहले राजपुत समाजको भवन निमार्ण भईरहेको सन्दर्भमा यसकार्यले समाजको अस्तित्वमा थप बल पुग्ने बताए । 

होेटेल कुम्मु प्यालेसका संचालक तथा समाजमा पुर्व अध्यक्ष पि.पि सिंहको कोरोनाको संक्रमणका कारण निधन भएकोमा प्रमुख अतिथि सभापति सिंह वहाँको तस्बीरमा पुष्प सहित श्रृद्धाञ्जली अपर्ण गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंहले भवन निमार्णकार्यले गति लिएको भन्दै प्रसंशा व्यक्त गरे । उनले काम गर्दै जादा सामान्य त्रुटी भएपनि गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए । ईतिहास निर्माणमा सबै भुमिका बराबर हुने भएको हुनाले सबैको साथ जरुरी रहेको उनकाे भनाई थियाे ।

त्यस्तै देवताल गाउँपालिकाका प्रमुख चन्दन सिंहले समाजको भवन निमार्णमा शुभकामना दिदै समाजमा आफनो पारिवारी सहयोग निरन्तर रहने बताए । कार्यक्रममा भवन निमार्णको प्रगती तथा अर्थ संकलनको बारेमा महासचिव सुरेन्द्र सिंह र कोषाध्यक्ष नगनारायण सिंह प्रस्ट पारेका थिए ।

कार्यक्रममा सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, उदय प्रताप सिंह, श्रीभगवान सिंह, अव्धकिशोर सिंह, अनिल सिंह, जमुना सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शनिबारको कार्यक्रममा करिब ५ लाख रुपैया संकलन भएको बताईएको छ । समाजका वरिष्ठ उपाध्यक्ष जटेश्वर सिंहको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन संचारकर्मी राजेन्द्र सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...