Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

ठोरीको विकास बिना जिल्लाको विकास असम्भव : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं १ का संघिय सांसद प्रदिप यादवले ठोरीको विकास बिना जिल्लाको विकास असम्भव रहेको बताएका छन् । भौगोलिक दृष्टिकोणले जिल्लाकाे सदरमुकामभन्दा टाढा रहेको ठोरीको विकास नभएसम्म जिल्लाको समुन्नतीको कल्पना समेत गर्न नसकिने सांसद यादवकाे भनाई छ ।

ठाेरीकाे विजयबस्तीमा शनिबार स्व. राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फूटबल प्रतियाेगिताकाे उद्घाटन गर्दै सांसद यादवले हुलाकि सडकमार्फत जिल्ला सदरमुकामसँग जोडिएको ठोरीलाई अब मूलधारमा ल्याउन सबैको साथको आवश्यक्ता रहेको वताए ।

उनले प्रचुर पर्यटकिय सम्भावना बोकेको ठाेरी गाउँपालिकालाई पर्यटकिय गन्तव्यका रुपमा स्तरोन्नती गर्नु वर्तमानको आवश्यक्ता रहेकाे वताए । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद यादवले ठोरीमा तत्कालै खेल मैदान निर्माण गर्नका लागि आफू तयार रहेको बताए ।

गोल्डकप हेर्न पुगेका दर्शकहरुको उत्साहजनक सहभागिताको सम्मान गर्दै उनले गाउँपालिकाले जग्गाको व्यवस्थापन गरे खेल मैदान निर्माण गर्न आफू तयार रहेको बताए । ठोरीमा विभिन्न जातजाती, भाषाभाषी तथा धर्मसंस्कृति भएकाहरुको एकतापूर्ण बसाईंले आफूलाई निकै प्रभावित पारेको वताए । ठोरीबाट देशका अन्य सहरले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ ।

आयोजक विजयबस्ती फूटबल क्लबका अध्यक्ष झलकमान श्रेष्ठको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो,  युवा उद्यमी तथा समाजसेवी टेक बहादुर शाक्य लगायतकाले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा स्थानिय विद्यालयका विद्यार्थीहरुले झाँकी, मार्चपास लगायतका सांस्कृति प्रस्तुती समेत प्रदर्शन गरेका थिए ।

विजयबस्ती फूटबल क्लबको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा देशैभरिका १६ वटा क्लब बिच प्रतिस्पर्धा हुने छ ।शनिबारको राप्ति युवा क्लब र हाम्रो टिम विरगंज बीच भएको थियो भने प्रतियोगिता २८ गतेसम्म जारी रहने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...