Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जोश र जाँगर बोकेका युवाहरु नेतृत्वदायी भुमिकामा आउनु पर्छ : वक्ताहरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३० मा जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघको वडास्तरीय भेला सम्पन्न भएको छ ।

वडाकाे लालपर्सामा संघका जिल्ला सदस्य सुजित ठाकुरको सभापतित्वमा संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले संगठनलाई विस्तार गर्नुका साथै सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

कार्यक्रमका बिशिष्ट अतिथी जसपा पर्साका सचिव तबरेज अहमदले युवाहरुको एकरुपता नै अबको अपरिहार्यता भएको बताए । जोश र जागर बोकेका क्षमतावान एवम् सिर्जनशिल युवाहरु अब सरकारको नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा सचिव अहमदले जोड दिए ।

समाजको सांस्कृतिक, आर्थीक एवम् भौतिक परिवर्तनका लागि राजनीतिक परिवर्तन हुनुपर्ने बताउँदै अहमदले त्यसका लागि युवाहरु स्वयम् आवाज उठाउनुको विकल्प नरहेको धारणा राखे । उनले भने, ‘ तँ आईज र गर् कसैले भन्दैन । यहाँ अधिकारको लागि आफै लड्नुपर्छ ।’

भेलामा अहमदले युवाहरुलाई अबको राजनीतिक भविष्य, जसपाका भावि रणनीति, आगामी योजना लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

भेलाले मुना यादवको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय समाजवादी युवा संघ गठन गरेको समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादवले जानकारी दिए ।

संघको उपाध्यक्षमा शेषनाथ मण्डल, जयराम राम, सचिवमा राधेश्याम साह, कोषाध्यामा मान्सी देवी, सदस्यमा सन्तोष पटेल, श्याम महतो, दिपक मण्डल लगायत रहेको समाजवाद युवा संघ पर्साका अध्यक्ष गौरब बर्माले बताए ।

बर्माका अनुसार कार्यक्रममा संघीय समाजवादी शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, वीरगञ्ज महानगरपालिकाको न्याययिक समितिका सदस्य तुफैल अख्तर, संघका पर्सा जिल्ला ईन्चार्ज अमित यादव, बरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, घनश्याम बाबु गुप्ता, अमोद यादव, ईकाई अध्यक्ष दिनानथ मण्डल, गगनदेव यादव, ल्गायतको सहभागिता रहेको थियो । सो अवसरमा सम्पात साह कलवारले नेपाली काङ्ग्रेस परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...