Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वयोधा अस्पतालकाे आयाेजनामा विश्व मुटु दिवस मनाइयाे

spot_img
spot_img

दिपेन्द्र यादव/
बारा । बाराकाे सिमरामा विश्व मुटु दिवस मनाइएकाे छ । नारायणी वयोधा अस्पताल वीरगंजकाे आयोजनामा सिमरा चोकमा जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाइएको हाे ।

सिमरा चोकबाट निस्केकाे चनचेतनामूल र्‍याली टेलीकॉम चोक, विमान स्थल रोड हुँदै पुनः सिमरा चोकमा पुगी समापन भएको थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा कुल जनसंख्याको ८० प्रतिशत र नेपालमा गरिएको अध्ययन अनुसार दुई तिहाई नेपालीहरु मुटुको रोग, मधुमेह, मृगौलाको रोग क्यान्सर लगायतका नसर्ने रोगको जोखिमबाट ग्रसित छन । नसर्ने रोगहरुबाट उत्पन्न हुने स्वास्थ्य जटिलता र कुल मृत्युदरमा मुटुरोग प्रमुख कारक तत्व रहेको विश्वभरिका अनुसन्धानहरुले देखाएका छन ।

मुटुरोगबाट जोगिने प्रमुख उपायहरुमा स्वस्थ्यकर जीवनशैली सन्तुलित भोजन, प्रशस्त शारीरिक व्ययाम, धुम्रपान र मध्यपान सेवन नगर्ने, दैनिक पाँच ग्राम भन्दा धेरै नुन सेवन नगर्ने र नियमित रक्तचाप चेकअप आदि पर्दछन् ।

विश्व मुटु दिवसलाई मध्यनजर गर्दै वयाेधा अस्पतालले २०७८ असोज ६ गतेदेखी १३ गते सम्म बिभिन्न ठाउँमा सचेतना मुलक कार्यक्रम “स्वस्थ मुटु सशक्त जीवन” मूल नारा सहित वॉक ए थान कार्यक्रम गरी मनाइरहेकाे अस्पतालका बजार प्रतिनिधि कृष्ण साहले जानकारी दिए ।

देशव्यापी गरिने यस प्रकारका जनस्वास्थ्य सम्बन्धी राष्ट्रिय अभियानलाई राज्यले देशको स्वास्थ्य प्रणालीमा समाहित गर्दै दीर्घकालीन रुपमा सरकारले नेतृत्व लिनु पर्दछ तथा अनुसन्धानबाट प्राप्त नतिजालाई मुटुरोगको नियन्त्रणको लागि निर्माण गरिने स्वास्थ्य नीतिको प्रमाणको रुपमा उपयोग गरिनु पर्ने उनले वताए ।

अस्पतालका मुटु रोग बिसेशज्ञ डा. राधा भट्टाराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अस्पतालका स्वास्थकर्मी, स्थानीय युवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...