Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

लागु औषधसहित अलाैंका २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित  दुई जनालाई पक्राउ गरेकाे छ । लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१७ अलौं बस्ने वर्ष ३९ को  बिनोद दास हरिजन र वडा नं.१७ कै सिमान टोल बस्ने वर्ष २३ को सुनिल साहलाई नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको अधारमा संयुक्त टाेलीले शुक्रबार दिउसाे १:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ बसपार्कस्थित सडकखण्डबाट दुबै जनालाई लागु औषधसहित दुबै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलकाे पछाडि बसेकाे बिनोद दास हरिजनले बोकेको कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याब्लेट एक हजार ४ सय ७० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई बरामद लागु औषध र माेटर साइकललाई जिल्ला प्रहरी कार्यालयमा राखी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...