Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषधसहित अलाैंका २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित  दुई जनालाई पक्राउ गरेकाे छ । लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१७ अलौं बस्ने वर्ष ३९ को  बिनोद दास हरिजन र वडा नं.१७ कै सिमान टोल बस्ने वर्ष २३ को सुनिल साहलाई नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको अधारमा संयुक्त टाेलीले शुक्रबार दिउसाे १:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ बसपार्कस्थित सडकखण्डबाट दुबै जनालाई लागु औषधसहित दुबै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलकाे पछाडि बसेकाे बिनोद दास हरिजनले बोकेको कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याब्लेट एक हजार ४ सय ७० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई बरामद लागु औषध र माेटर साइकललाई जिल्ला प्रहरी कार्यालयमा राखी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...