Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीको सातौं गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको सातौं गाउँ सभा बिहिबार सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएकाे गाउँ सभामा आर्थिक बर्ष २०७८/०७९ को लागि ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ रुपैया बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष ममताको महतोले प्रस्तुत गरेकी छिन् । गाउँ सभाले चालु आर्थिक बर्षमा संचालनको हुने योजनाहरुलाई समेत पारित गरेको छ ।

सभाले चालु आर्थिक बर्षमा शिक्षा,स्वास्थ्य, कृषि, भौतिक पूर्वधार विकास, सडक खानेपानी, समाजिक विकास र सार्वजनिक मठ मन्दिर धार्मिक एवम् ऐतिहासिक ठाउँहरुको संरक्षण लगायतलाई विशेष प्राथमिकताकामा राखेकाे छ ।

गाउँपालिका प्राङ्गणमा भएकाे गाउँ सभामा वडाध्यक्षहरु फरमान मिया, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह,  गाउँ कार्यपालिका सदस्य ,वडा सदस्यहरु एवम् पालिकाको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसासकिय अधिकृत भुजेन्द्र प्रसाद यादवले गरेका थिए भने कार्यक्रमको संचालन समाजिक शाखा प्रमुख राजकुमार महतोले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...