Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राष्ट्रिय जनगणनाकाे लागि पर्सामा सुपरिवेक्षकहरु घर सूचीकरण गर्दै

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत पर्सामा सुपरिवेक्षकहरु घर तथा घरपरिवार सूचीकरण गरिरहेका छन् । पर्साकाे १४ पालिकामा असाेज १ गतेदेखी ७ प्रश्न लिएर सुपरिवेक्षकहरु घरदैलो गर्न थालेका हुन् ।

केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर पर्सामा १४४ सुपरिवेक्षक घरदैलाेमा पुगेका छन् ।

उनीहरूले जिल्ला भरीका करिब एक लाख घरपरिवारका मुलीलाई भेटेर यी प्रश्न सोध्ने छन् । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ । जिल्लाकाे ६ स्थानमा स्थापना गरिएकाे स्थानिय जनगणना कार्यालय मातहत दुई दिने पुनर्ताजगी तालिम दिएर सुपरिवेक्षकहरु खटाइएकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ ।

आगामी असोज १८ गतेभित्र घर तथा घरपरिवार सूचिकरण सम्पन्न हुने जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले वताए । घर तथा घर परिवार सूचिकरणका लागि खटिएका सुपरिवेक्षकहरुले गरेकाे कार्यकाे जिल्ला जनगणना  कार्यालय र स्थानिय जनगणना कार्यालयबाट दिनहुँ अनुगमन भइरहेकाे अधिकारी ज्ञवालीले जानकारी दिए । 

सुपरिवेक्षकहरुले घर तथा घर परिवार सूचिकरण दैनिक प्रगति दिनहु विभागकाे एप्समा अपलाेड गरिरहेका छन् । हाल सम्म ५ दिनमा जिल्लाका अनुमानित २५ हजार घर तथा घर परिवार सूचिकरण भइसकेकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ ।

गणकले सोध्ने पहिलो प्रश्न, ‘तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ?’ भन्ने रहेको छ ।

यसैगरी ‘घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ?’ दोस्रो प्रश्न रहेको छ । यसअन्तर्गत व्यक्तिको घर, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या र प्रयोजन खुलाउने गरेका छन् ।

यस्तै उपभोग गर्दै गरेको कृषियोग्य जग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या खुलाइने छ । सम्बन्धित परिवारले सरकारी अनुदानअन्तर्गत आवासीय घर निर्माण गरेको छ/छैन भन्ने उल्लेख गरिने छ । घरका सदस्यमध्ये कति जनाको नाममा बैंक वा वित्तीय संस्थामा खाता रहेको भए/नभएको सोधि रहेका छन् ।

सुपरिवेक्षकहरुले भर्ने फाराममा परिवारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्तिको संख्यासमेत उल्लेख गरिएकाे छ । यसका साथै बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिए/नलिएको समेत खुलाउनले गरेका छन् । 

विभागले सुपरिवेक्षकलाई घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी तोकेको जिल्ला जनगणना अधिकारी ज्ञवालीले जानकारी गराए ।

दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति करिब साढे ५ सय गणक थपिने छन् भने सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता जनाउन विभागले आग्रह गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...